IME Life
GBIME

मिड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड, भाग्यमानी ६२ हजार ११७ जनाले पाए शेयर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलले बिहिबार साँझ शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आइपीओमा कुल १३ लाख ८१ हजार ५ सय ७५ जनाको आवेदन परेकोमा १२ लाख ८२ हजार ८ सय १९ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ८२ हजार ८ सय १९ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको हो ।

Crest

जसअनुसार ६२ हजार १ सय १७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS