IME Life
GBIME

वान बाई मेटलाइफ मेला आयोजना, ग्राहकलाई उत्कृष्ट सेवा दिने प्रतिबद्धता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बीमा क्षेत्रमा आफ्नो नयाँ वान बाई मेटलाइफ एपको भव्य सुरुवात पछि, मेटलाइफ नेपालले आफ्ना सबै एजेन्टहरूका लागि “वन बाइ मेटलाइफ मेला“ आयोजना गरेको थियो । जसले ग्राहकहरूलाई सेवा दिने र उनीहरूलाई स्वस्थ, लामो जीवन जिउन मद्दत गर्ने साझा प्रतिबद्धतालाई सुदृढ गरेको छ ।

वान बाई मेटलाइफ मार्फत, मेटलाइफ नेपालले नेपालीहरूका लागि डिजिटल बीमा र स्वास्थ्य सेवा ल्याएको छ, जुन पहिले कहिल्यै थिएन । एजेन्टहरूका लागि मेटलाइफले मेलामा एपका बारेमा प्रत्यक्ष प्रदर्शनहरू, सुविधाहरूका ब्रीफिङ, र ह्यान्ड–अन सत्रहरूको बारेमा जानकारी प्राप्त गराएको थियो ।

Crest

एपको प्राथमिक उद्देश्य परिवर्तनकारी सुविधाहरूको बारेमा समर्पित एजेन्टहरूलाई सशक्त र शिक्षित गर्नु थियो, जसले गर्दा उनीहरुले स्वस्थ र अधिक सुरक्षित भविष्यको लागि अत्याधुनिक बीमा र स्वास्थ्य सेवाहरू पहुँच गर्न ग्राहकहरूलाई मार्गदर्शन दिन सक्नेछन् । यस कार्यक्रमले मेटलाइफ नेपालले आफ्ना एजेन्टहरूको व्यावसायिक विकास र ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने क्षमतालाई पनि जोड दिएको छ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, “मेटलाइफले रमाइलो सिकाइ अनुभवहरूको शक्तिमा विश्वास गर्दछ, त्यसैले हामीले यस मेलामा आवश्यक ज्ञानहरु सहित रमाइलो गतिविधिहरू मिसाएका छौँ । उत्कृष्ट प्रविधि र हाम्रो सक्रिय टोलीलाई सँगै ल्याएर, हामी हाम्रा ग्राहकहरूलाई लामो समयसम्म स्वस्थ बाँच्न र थप आत्मविश्वासी भविष्य निर्माण गर्नका लागि कदम चाल्न प्रेरित गर्ने आशा गर्छौं ।“

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS