IME Life

जीवन बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क वापत भित्राए २ अर्ब २९ करोड व्यवसाय

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को साउन महिनामा जीवन बीमा कम्पनीहरुले २ अर्बमाथि प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले २ अर्ब २९ करोड ६७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले समिक्षा अवधिमा ५६ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा २४ करोड ३६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा हिमालयन लाइफ रहेको छ । कम्पनीले यस अवधिमा २० करोड ६० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

सूर्यज्योति लाइफले १९ करोड ६१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । एलआइसी नेपालले १६ करोड ८१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सिटिजन लाइफले १४ करोड ८८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । आइएमई लाइफले १४ करोड ७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी यस अवधिमा सानिमा रिलायन्स लाइफले ११ करोड ३३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले १० करोड ९६लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफले १० करोड ३५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले १० करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, मेट लाइफले ९ करोड १४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ६ करोड ८८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ४ करोड ३७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

38%

उत्साहित

13%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS