IME Life

साउनमा जीवन बीमा कम्पनीहरुले संकलन गरे १९ अर्ब ६० करोड कुल बीमा शुल्क, कुनले कति गरे ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को साउन महिनामा जीवन बीमा कम्पनीहरुले साढे १९ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले ८ लाख ३२ हजार ७५९ वटा बीमा पोलिसी विक्री गरी १९ अर्ब ६० करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले समिक्षा अवधिमा ५ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । दोस्रोमा राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब ३४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा हिमालयन लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ९३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

 

एलआइसी नेपालले १ अर्ब ९२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफ इनस्योरेन्स कम्पनीले १ अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले १ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेको छ ।

करोडमा कुल बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
यस अवधिमा एशियन लाइफ इन्स्योरेन्सले ८१ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले ६६ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिटिजन लाइफले ५७ करोड ९४लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ५४ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइएमई लाइफले ५२ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । मेट लाइफले ४९ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले ३८ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले ३५ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS