काठमाडौं । स्वास्थ्य बीमा बोर्डले २६ निजी स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थाको सुचीबाट हटाइएको छ । बोर्डको साउन ३२ गते बसेको बैठकले गरेको निर्णय अनुसार यी अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डको सेवा प्रदायक संस्थाको सुचीबाट हटाउने निर्णय गरेको हो ।
नेपाल सरकारको बजेट निर्दिष्ट गर्नु भन्दा अगावै स्वास्थ्य बीमा ऐन अनुसार सम्झौता भएका तर २०७९/०८० को बजेट वक्तव्य पछि अस्पताहरुको सम्झौता अवधि समाप्त भई पुनः नविकरण नभएका वा हुन नसकी स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्थाहरु र लामो समयसम्म सम्झौता नविकरण नगरेका स्वास्थ्य संस्थाहरुलाई सेवा प्रदायक संस्थाको सुचीबाट हटाएको बार्डले जनाएको छ ।
बोर्डले स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थाको सूचीबाट हटाइएको अस्पताहरु