IME Life

जीवन बीमासँग जाेडिने अप्ठेरा शब्दहरु के हुन् ? कसरी थाहा पाउने अर्थ

SPIL
NIC ASIA

काठमाडाै‌ं । बीमा विशुद्ध प्राविधिक विषय हाे । यसमा बीमितकाे प्रस्ताव मूल्यांकन, क्षति मूल्यांकन, क्षतिपूर्ती, बाेनश दर, समर्पण मूल्यलगायतका कार्यहरू समेत प्रत्यक्षरूपमा प्राविधिक विश्लेषणसँग जाेडिएकाे हुन्छ । प्राविधिक विषयवस्तुका कारण यसमा प्रयाेग हुने शब्दहरू झट्ट बुझ्ने भन्दा पनि अर्थ सहित बुझ्नुपर्ने हुन्छ। बीमा क्षेत्रमा प्रयाेग हुने केही शब्दहरूकाे व्याख्या गर्ने प्रयास हामीले यहाँ गरेका छाै‌ं ।

दाबी

बीमा दाबी भनेको जीवन बीमालेखकाे लाभग्राही, इच्छ्याइएकाे व्यक्ति वा कानूनी हकवालाले  बीमा कम्पनीलाई बीमालेखका शर्तहरूकाे आधारमा भुक्तानी माग्ने औपचारिक लिखित अनुरोध हो। बीमा कम्पनीले वैधता पुष्टी गर्नकाे लागी दाबीसँग सम्बन्धित कागज प्रमाणकाे आधारमा दाबीकाे समीक्षा गर्छ । त्यसपछि, स्वीकृत भएमा, बीमित वा बीमितकाे हकवालालाई भुक्तानी दिन्छ।

Prabhu
Crest

प्रारम्भ मिति

यो बीमा कम्पनीद्वारा बीमालेख जारी गरिएकाे मिति वा जोखिम बहन शुरु हुने मिति हाे ।

परिपक्वता मिति

यो बीमालेखको वैधताको अन्तिम मिति हो। बीमालेखकाे पुरा अवधिकाे अन्तिम दिनलाई परिपक्वता मिति भनिन्छ।

मृत्यु लाभ

यो बीमितकाे मृत्यु भएकाे अवस्थामा हितग्राहीलाई भुक्तानी गरिने रकम हो।

सावधिक याेजना

यो योजनामा बीमा अवधि पुरा हुँदा सम्म बीमित जीवित रहेकाे छ भने स्वयम् बीमितलाई  र बीमा अवधि पुरा नहुँदै निजकाे निधन भएकाे अवस्थामा निजले इछ्याएकाे व्यक्तिकाे रुपमा बीमालेखमा उल्लेख गरेकाे व्यक्ति वा कानूनी हकवालालाई बीमकले बीमाकाे रकम बाेनश सहित भुक्तानी गर्छ।

अपवाद

बीमालेख अन्तर्गत जाेखिम बहन नहुने वा भुक्तानी नहुने शर्तहरुलाई अपवाद भनिन्छ। यसको उद्देश्य बीमालेखका प्रावधानहरुका बारेमा हुनसक्ने गलत बुझाईबाट जाेगिनु हाे ।

स्वतन्त्रता अवधि

स्वतन्त्रता अवधिमा, व्यक्तिलाई बीमालेख प्राप्त भएको मितिबाट १५ दिन भित्र बीमालेखका नियम र शर्तहरू समीक्षा गर्ने विकल्प दिइएको हुन्छ । बीमितलाई बीमालेखका शर्तहरुमा असहमति रहेकाे अवस्थामा बीमालेख फिर्ता गर्न सक्छ । यस्तो अवस्थामा बीमा कम्पनीले चिकित्सा परीक्षण, टिकट शुल्क र अन्य शुल्कहरू कट्टा गरी बीमाशुल्कवापतकाे बाँकी रकम फिर्ता दिन्छ। बीमालेख निर्देशिका २०७८ मा शुरुमा नेपाल बीमा प्राधिकरणले यस्ताे प्रावधान ल्याए पनि पछि जीवन बीमक स‌ंघकाे सुझावमा हटाएकाे थियाे ।

माेहलत अवधि

बीमालेख अन्तर्गतकाे जाेखिम बहन जारी राख्नका लागि एक निश्चित अवधिको माेहलत अवधि दिइएकाे हुन्छ, जुन अवधिमा बीमाकाे जाेखिम बहन समाप्त हुँदैन । यो बीमाशुल्क भुक्तानी गर्नुपर्ने अन्तिम मिति पछिको एक निश्चित अवधि हो, जुन अवधिभित्र बीमितले कुनै जरिवाना नै नतिरी बीमाशुल्ककाे किस्तावापतकाे रकम भुक्तानी गर्न सक्छन् ।वार्षिक किस्तामा ३० दिन र अर्द्धवार्षिक किस्तामा १५ दिनकाे माेहलत अवधि दिइएकाे हुन्छ। मासिक किस्तामा माेहलत अवधिकाे सुविधा उपलब्ध हुँदैन ।

बीमा योग्यता

बीमाको लागि स्वीकार्य हुने गुणलाई बीमा योग्यता भनिन्छ। कुनै व्यक्ति वा वस्तुको बीमा योग्यता बीमा कम्पनीको नियम र नीतिको आधारमा निर्धारण गरिन्छ। बीमा प्रस्तावसँग सम्बन्धित सबै शर्तहरू जस्तै प्रस्तावक वा बीमितकाे स्वास्थ्य, जीवन प्रत्याशा(बाँच्ने उमेर), जोखिमकाे स्तर र चोटपटकको सम्भाव्यताको योग बीमा कम्पनीको आवश्यकता वा मापदण्ड अनुसार निर्णय गरिन्छ।

बीमा

बीमित वा निजको लाभार्थीको मृत्यु भएमा अप्रत्याशित परिस्थितिबाट सुरक्षित राखी क्षतिपूर्ति दिन सकोस् भनी बीमा गरिन्छ ।

बीमा प्राधिकरण

यो नेपालकाे बीमा नियामक हाे । प्राधिकरण बीमा व्यवसायलाई नियमन गर्ने मुख्य निकाय हो। यसले बीमितकाे हितको रक्षा र प्रवर्द्धन गर्दछ र  बीमा उद्योगको नियमन र सुपरिवेक्षण गर्छ ।

सामूहिक जीवन बीमा

यो एक बीमा सम्झौता हो जसमा एउटै बीमालेख अन्तर्गत दुई व्यक्ति वा दुई भन्दा बढीलाई बीमा सुरक्षा प्रदान गरिन्छ।

व्यतित

नियमित बीमाशुल्क किस्तावापतकाे रकम भुक्तानी नगरेकाे कारणले बीमालेख अन्तर्गतकाे सबै रक्षावरण समाप्त भएको अवस्था हाे। बीमाशुल्ककाे किस्ता तिर्नुपर्ने मितिबाट ६ महिना नाघेकाे बीमालेख स्वतः व्यतित बीमालेखमा परिणत हुन्छ। बीमितले बाँकी किस्ता रकम र ब्याज हर्जाना भुक्तानी गरेर व्यतित बीमालेख पुनर्जागरण गरेर निरन्तरता दिन सक्छन् ।

बीमित

जीवन बीमालेख अन्तर्गत प्रत्यक्ष समेटिएकाे व्यक्ति हाे ।

जीवन आवरण

यो बीमितको मृत्यु भएकाे अवस्थामा भुक्तानी गरिने बीमावापतकाे रकम हो।

एकमुष्ट लाभ

पटक पटक किस्ता किस्तामा रकम भुक्तानी गर्नुको सट्टा एकै पटकमा बीमा‌ंक र बाेनशवापतकाे सम्पूर्ण रकम भुक्तान गरिने यो फाइदा हो।

बफादारी बाेनश

यो प्रोत्साहन भनेको बीमा कम्पनीले बीमाकर्तालाई सम्झौताको सम्पूर्ण अवधिभर बीमालेखलाई पूर्ण रूपमा सकृय राखेकोमा दिइने अतिरिक्त लाभ हो। यसमा बीमा कम्पनीको लगानी प्रतिफल र बीमांकी मूल्यांकनका आधारमा दर निर्धारण हुन्छ ।

जीवन बीमा

जीवन बीमा भनेको बीमित र  बीमा कम्पनी बीचको सम्झौता हो, जसमा बीमा कम्पनीले बीमा अवधि पुरा नहुँदासम्म बीमित स्वयम् जीवित रहेमा बीमितलाई र मृत्यु भएकाे अवस्थामा मनोनीत वा लाभार्थीलाई निश्चित रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेकाे हुन्छ।

परिपक्वता दाबी

परिपक्वता दाबी भनेको बीमालेखकाे ताेिकएकाे अवधिको अन्त्यमा बीमितलाई वा लाभार्थीलाई गरिने भुक्तानी हो।

पैसा फिर्ता योजना

बीमा परिपक्वता अर्थात बीमाकाे अवधि पुरा भएपछि एकमुष्ट रकम भुक्तानी दिनुको सट्टा, पैसा फिर्ता याेजना (मनी ब्याक प्लान) मा, बीमितलाई बीमा‌ंकवापतकाे निश्चित रकम नियमित समय अन्तरालमा किस्ता किस्तामा भुक्तानी गरिन्छ।

नैतिक जाेखिम

नैतिक जाेखिम, त्यस्ताे अवस्थामा उत्पन्न हुन्छ जहाँ बीमकले बीमा प्रस्तावकले बीमा गर्न चाहेकाे विषयवस्तुसँग कुनै प्रत्यक्ष लाभ जाेडिएकाे छैन वा जीवन बीमाकाे प्रस्ताव गरेकाे हाे भने बीमितकाे आर्थिक हैसियतभन्दा बढी बीमा गर्न चाहेकाे वा बीमाकाे आवश्यक नभएकाे अवस्थामा समेत बीमा प्रस्ताव गरेकाे अवस्थालाई नैतिक जाेखिमकाे अवस्था भनेर बुझिन्छ।

मृत्यु दर

यो व्यक्ति वा व्यक्तिहरूको समूहको मृत्युको सम्भावना हो।

मनाेनयन

बीमितले आफू बाहेक अरू कुनै व्यक्ति जसलाई आफ्नाे निधन भएकाे अवस्थामा बीमालेख अन्तर्गतकाे दाबी भुक्तानीहरु प्राप्त गर्ने लाभार्थीकाे रुपमा चयन गरेकाे हुन्छ। यसले बीमा कम्पनीलाई जीवन बीमालेख अन्तर्गतको दाबी भुक्तानी चुक्ता गर्न सहज बनाउँछ।

चुक्ता बीमालेख

यो एक बीमालेखकाे हो जसमा थप बीमाशुल्क भुक्तानी गर्नुपर्दैन,तर बीमालेखले गणना गरिएको चुक्ता मूल्य अनुसार  प्रदान गर्न जारी राख्छ।

बीमाशुल्क भुक्तानी अवधि

यो अवधि हो जसको लागि एक बीमितले आफ्नो बीमा कभरको लागि तिर्न प्रतिबद्ध गर्दछ।

प्रस्ताव फारम

यो बीमा गर्नु अघि बीमितबाट भर्न लगाइने आवेदन फारम हो।

समर्पण

यसले परिपक्वता मिति अघि वा भुक्तानी योग्य हुनु अघि बीमा सम्झौता रद्द गरेर आत्मसमर्पण मूल्य स्वीकार गरेकाे अवस्थालाई जनाउँछ।

समर्पण मूल्य

समर्पण मूल्य भनेको बीमितले बीमालेखकाे अवधि पुरा नहुँदै बीमालेख सम्झाैता रद्ध गरेकाे अवस्थामा भुक्तानी दिइने रकम हाे ।

जीवित लाभ

जीवित लाभ अर्थात् सर्भाइभल बेनिफिट  भनेको बीमाकाे अवधिमा वा बीमा परिपक्वतामा बीमितलाई भुक्तानी दिइने रकम हो। पैसा फिर्ता बीमालेखकाे विषयमा, एक निश्चित पूर्व-निर्धारित रकम नियमित समय अन्तरालमा बीमितलाई भुक्तानी गरिन्छ। जीवन बीमा गरिएको व्यक्ति जीवित रहेको अवस्थामा मात्र यस्ताे लाभ भुक्तानी गरिन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

94%

खुसी

0%

दु :खी

0%

अचम्मित

6%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS