IME Life

प्रिमियममा आइपीओ निष्काशन गरेका ४ जीवन बीमा कम्पनीलाई ७ सूचकमा दाँजेर हेर्दा !

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफ, आईएमई लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ प्रिमियममा आइपीओ निष्काशन गर्ने जीवन बीमा कम्पनी हुन् । आईएमई लाइफले २३६ रुपैयाँ ९१ पैसामा आइपीओ निष्काशन गरेर दोश्रो बजारमा सूचीकरण पनि भइसकेको छ । त्यस्तै  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २५७ रुपैयाँमा आईपीओ निष्कासन  गरी बाँडफाँड सम्पन्न गरेको छ भने सन नेपाल लाइफको आइपीओमा आवेदन दिने अवधि सकिएको छ । सन नेपालले २३९ रुपैयाँमा आइपीओ निष्काश गरेको थियो । सिटिजन लाइफले पनि बैदेशिक रोजगारीमा रहेकाहरुको लागि आइपीओ निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ भने सर्वसाधारणका लागि भने मिति तय गरेको छैन् । सिटिजनले निकट भविष्यमा २४४  रुपैयाँमा सर्वसाधारणका लागि आइपीओ निष्काश गर्दैछ ।

चार जीवन बीमा कम्पनीलाई इन्स्योरेन्स खबरले आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासको वित्तीय विवरणको आधारमा गरेको तुलानात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा :
सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड छ भने आईएमई लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब रहेको छ त्यस्तै रिलायबल नेपाल लाइफको चुक्ता पुँजी २ अर्ब ८० करोड रहेको छ र सन नेपाल लाइफको चुक्ता पुँजी २ अर्ब २४ करोड रहेको छ । आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासको विवरणमा आईएमई लाइफको चुक्ता पुँजी जोडिएको छ ।

जगेडा कोषको आधारमा :
सिटिजन लाइफको जगेडा कोषमा १ अर्ब ९ करोड संचित छ भने आईएमई लाइफको जगेडा कोषमा २ अर्ब ७१ करोड रुपैयाँ संचित छ र रिलायबल नेपाल लाइफको जगेडा कोषमा १ अर्ब ४७ करोड रुपैँया संचित छ । त्यस्तै सन नेपाल लाइफको जगेडामा ९२ करोड ९० लाख रुपैयाँ संचित छ ।

जीवन बीमा कोषको आधारमा :
सिटिजन लाइफको जीवन बीमा कोषमा ९ अर्ब ४१ करोड छ भने आईएमई लाइफको जीवन बीमा कोषमा ६ अर्ब ७५ करोड र रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा ६ अर्ब ६३ करोड रुपैयाँ संचित छ । त्यस्तै सन नेपाल लाइफको जीवन बीमा कोषमा ५ अर्ब ३ करोड संचित छ ।

बीमा शुल्क आर्जन रकमको आधारमा :
१२ महिनाको अवधिमा सिटिजन लाइफले ५ अर्ब ३५ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने आईएमई लाइफले ४ अर्ब १ करोड खुद बीमा शुल्क आर्जन गर्दा रिलायबल नेपाल लाइफले ३ अर्ब ४७ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै सन नेपाल लाइफले ३ अर्ब २५ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा :
गत आर्थिक वर्षमा सिटिजन लाइफ २० करोड ११ लाख खुद नाफामा रहेको छ भने आईएमई लाइफ इन्स्योरेन्सले २४ करोड ८ लाख खुद नाफा गरेको छ र रिलायबल नेपाल लाइफले ४३ करोड २२ लाख खुद नाफा गरेको छ । त्यस्तै सन नेपाल लाइफले ५६ करोड ६५ लाख खुद नाफा गरेको छ ।

दाबी भुक्तानीको आधारमा :
१२ महिनाको अवधिमा सिटिजन लाइफले १ अर्ब ५७ करोड खुद दाबी भुक्तानी गरेको छ भने आईएमई लाइफले १ अर्ब ६ करोड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ११ करोड खुद दाबी भुक्तानी गरेको छ। त्यस्तै सन नेपाल लाइफले ९१ करोड ६७ लाख खुद दाबी भुक्तानी गरेको छ ।

भुक्तानी हुन बाँकी दाबी :
सिटिजन लाइफले १४ करोड ६५ लाख, आईएमई लाइफले ६६ लाख ८८ हजार, रिलायबल नेपाल लाइफले ८८ लाख १८ हजार र सन नेपाल लाइफले ९७ लाख ८० हजार भुक्तानी गर्न बाँकी दाबी रहेको छ ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

77%

खुसी

2%

दु :खी

9%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS