IME Life

बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका सिइओ र अध्यक्षसँग अन्तरक्रिया गर्दै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमकहरुसँग जीवन बीमा व्यवसायका सम्बन्धमा समसामयीक विषयमा अन्तरक्रिया गर्ने भएको छ । प्राधिकरणले आगामी शुक्रबार जीवन बीमकको सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसँग सामूहिक अन्तरक्रिया गर्न लागेको हो ।

अन्तरक्रिया कार्यक्रम दिउँसो ४ बजे होटल एयरपोर्ट सिनामंगलमा आयोजना हुने प्राधिकरणले जारी गरेकाे सूचनामा उल्लेख छ । जीवन बीमा कम्पनीबीच हालै सम्पन्न मर्जर पछि पूँजी वृद्धि, जनशक्ति व्यवस्थापन र शाखा समायाेजन, दाबी व्यवस्थापन, पुनर्बीमा व्यवस्थालगायतका विषयमा अन्तरकृया  हुनेछ । यसबाहेक बीमा दाबी र व्यतित बीमालेखका सम्बन्धमा पनि छलफल हुने अपेक्षा गरिएकाे छ।

Prabhu
Crest

साथै जीवन बीमककाे तर्फबाट चुक्ता पूँजी वृद्धिका लागी प्राधिकरणले राइट शेयर जारी गर्न दिने नदिने, कुन हदसम्म दिने र अभिकर्ता इजाजत पत्र सम्बन्धी प्रस्तावित प्रावधानहरू कहिलेबाट लागू हुने विषय पनि अन्तरक्रियाका क्रममा प्राधिकरण समक्ष जिज्ञासा हुन सक्नेछ।

प्राधिकरणले पूँजी वृद्धि र मर्जर पछिकाे अवस्थाबारे बीमककाे पृष्ठपाेषण लिने र नियामककाे तर्फबाट सहजीकरण गर्नुपर्ने विषयमा जानकारी लिन अन्तरकृया उपयाेगी हुने अपेक्षा राखेकाे छ। प्राधिकरण अध्यक्ष सूर्य प्रसाद सिलवालले जीवन बीमककाे मर्जर अनुभव र समसामयीक विषयका सम्बन्धमा अन्तरक्रिया केन्द्रीत रहने जानकारी दिएका छन् । उनले भने, पूँजी वृद्धि र मर्जरपछि जीवन बीमककाे अवस्था के कस्ताे छ भन्ने बारे प्रष्ट हुन चाहेका छाैं।

जीवन बीमा कम्पनीमा अहिले पुनर्बीमा निर्देशिका २०८० काे प्रावधानहरू सबैभन्दा ठूलाे चासाे र चिन्ताकाे विषय बनेकाे छ । विश्वका उत्कृष्ट पुनर्बीमकलाई राेज्ने स्वतन्त्रता खाेसेर प्राधिकरणले पूँजी, अनुभव र कार्य कुशलताकाे दृष्टीकाेणले समेत ज्यादै कमजाेर रहेका स्वदेशी पुनर्बीमककाे काँधमा जाेखिम केन्द्रीकृत गर्न खाेजेपछि जीवन बीमक रुष्ट बनेका छन् ।

जीवन र निर्जीवन बीमा कम्पनीकाे चुक्ता पूँजी दाेब्बर वृद्धि गर्नका लागी प्राधिकरणले २०७८ चैत १० गते पूँजी वृद्धि सम्बन्धी नयाँ प्रावधान ल्याएकाे थियाे । २०७९ चैत्र महिनाभित्र अर्थात् १२ महिनाकाे छाेटाे अवधिभित्र चुक्ता पूँजी वृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्थामा पूँजी वृद्धि गर्ने विकल्पकाे रूपमा बीमकले आपसमा गाभ्ने गाभिने विकल्प राेजे । परिणाम स्वरुप जीवन बीमककाे स‌ंख्या १९ बाट १४ वटामा सीमित हुन पुगेकाे छ । मर्जर राेजे पनि अधिका‌ंश जीवन बीमकले न्यूनतम चुक्ता पूँजी जुटाउन सकेका छैनन् ।

नेपालकाे बीमा इतिहासमै जीवन बीमा कम्पनीहरूबीच पहिलाे मर्जर सूर्य लाइफ  र ज्योति लाइफ इन्स्याेरेन्सबीच भएकाे थियाे । यी दुई कम्पनी आपसमा गाभिएर सूर्यज्योति लाइफ इन्स्याेरेन्समा  २०७९ पुष ७ गते रुपान्तरण भइसकेका छन्। सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर २०७९ पुष ७ गते देखि सानिमा रिलायन्स लाइफ, प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर २०८० बैशाख २६ गते देखि हिमालयन लाइफ र प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर २०८०असर २९ गते देखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा रुपान्तरण भै कारोबार गरिरहेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS