IME Life
Beema Board

बीमा प्राधिकरणले ५ वर्षमा गर्यो ५७१ वटा मुद्दा फैसला,अझै १९१ वटा मुद्दाको फैसला हुन बाँकी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ५ वर्षको अवधिमा ६८८ वटा मुद्दा दर्ता भएकोमा ५७१ वटा मुद्दा फैसला भइसकेको प्राधिकरणले जनाएको छ । नेपाल बीमा प्राधिकरण जिल्ला अदालत सरहको अर्धन्यायीक निकाय हो । प्राधिकरणको फैसला चित्त नबुझेका खण्डमा पुनरावेदन अदालतमा मात्रै पुनरावेदन गर्न पाइन्छ ।

प्राधिकरणले ५ वर्षको अवधिमा ५७१ वटा मुद्दा फैसला भएको जनाए पनि अझै १९१ वटा मुद्दा फैसला हुन सकेको छैन । जवकी गत आर्थिक वर्ष २०७९/८० मा १५५ वटा मुद्दा दर्ता भएको छ । गएको आर्थिक वर्षमा फैसला हुन नसकेको मुद्दा १८६ वटा थियो ।  २०७९/८० मा जम्मा १५०  वटा मुद्दा मात्रै फैसला भएका छन् । १५० मुद्दा मध्ये ९४ वटा फैसला नै भएका हुन् भने ५६ वटा मुद्दा सहमति बाट फैसला भएको प्राधिकरणले जनाएको छ। यति धेरै संख्यामा मुद्दा फैसला नहुँदा बीमितहरु पिडामा परेका छन् ।

Prabhu
Crest

प्राधिकरणलाई ऐनले जति सुकै शक्तिशाली बनाए पनि मुद्दाको बिषयमा संचालक समितिमा प्रयाप्त छलफल नहुँदा  फैसला हुन सकिरहेको छैन । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ८३ वटा मुद्दा फैसला हुन बाँकी थियो ।

आर्थिक वर्ष २०७४/७५ मा ८३ वटा मुद्दा फैसला हुन बाँकी थियो भने ७५/ ७६ मा एक सय मुद्दा थप भयो। त्यसमा पनि पुनरावेदनबाट ४ वटा मुद्दा थप भएर कुल १८७ मुद्दा थुप्रिएको थियो त्यस वर्ष ८५ वटा मुद्दा सहमति तथा फैसला भएको थियो भने १ वटा मुद्दा तामेलीमा  राखिएको थियो। यसै अनुसार आर्थिक वर्ष ७५/७६ को अन्त्यमा किनारा लाग्न बाँकी मुदाको संख्या १०१ रहेको थियो।

आर्थिक वर्ष २०७६ /७७  मा १२७ मुद्दा थप हुँदा  ९३ वटा मुद्दा किनारा लागेका छन्।  ७७/७८ मा १३८ वटा मुद्दा थप हुँदा ९३ वटा मुद्दा फैसला सहमति भएका छन्।  यसैगरी ७८ /७९ मा १५५ वटा मुद्दा थप हुँदा १५२ वटा मुद्दा फैसला भएका छन्।

निर्जीवन बीमा कम्पनीहरुले दाबी भुक्तानीका लागि गर्ने क्षति मूल्याङ्कनका लागि चित्त नबुझेर धेरै मुद्दा दायर हुने गरेका छन् । बीमितले सबैभन्दा धेरै दाबी  लिन खोजिरहेका हुन्छन् भने बीमकले सक्दो कम दाबी तिर्न खोजिरहेको हुन्छ । जीवन बीमा कम्पनीहरुले सामान्य अवस्थामा दाबी भुक्तानी रोक्दैनन् । त्यसैले यस तर्फ एकदमै कम मुद्दा पर्छ । विवादित घटनामा मात्रै कुरा नमिलेर मुद्दा दायर हुने गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS