IME Life

लम्पी स्कीन राेगबाट किसानलाई ५४ अर्ब रुपैयाँभन्दा बढीकाे क्षति

SPIL
NIC ASIA

काठमाडौं । गाई भै‌ंसीमा फैलिएकाे लम्पी स्किन रोगको महामारीबाट देशभरका किसानकाे ५४ अर्ब ७ कराेड रूपैयाँभन्दा बढीकाे क्षति भएकाे छ। विभागका अनुसार गत वर्ष माघ महिनामा देखा परेकाे याे राेगका कारण हालसम्म करिब ४९ हजार पशु मरेका छन् ।

७७ वटै जिल्लामा याे महामारी फैलिएकाेमा हाल मनाङ र मुस्ताङमा मात्र नियन्त्रणमा आउन सकेकाे छ।

Prabhu
Crest

राेग फैलिन नदिन र महामारी नियन्त्रण गर्न सरकारी निकायले चासाे नराख्दा याे राेग अझैसम्म नियन्त्रणमा आउन सकेकाे छैन । राेग देखा नपरेका भेगमा लम्पी स्कीनविरुद्ध खाेपकाे व्यवस्थापन गरेर राेग नियन्त्रण गर्न सकिने भएपनि पशु सेवा विभागले बजेट र जनशक्ति अभावकाे कारण देखाउँदै निरिहता व्यक्त गरिरहेकाे छ।

पक्स समूहकाे काप्रीपक्स भाइरसबाट लाग्ने याे राेगकाे स‌ंक्रमणमा भैंसीभन्दा पनि बढी गाई पर्ने गरेका छन् । शरीरकाे विभिन्न भागमा गिर्खा आउने र उच्च ज्वराे समेत आउने याे राेगबाट दूग्ध उत्पादन २५ देखि ८० प्रतिशतसम्म घट्नुकाे साथै गर्भ तुहिने वा बाँझाेपन हुने जाेखिम पनि उच्च हुन्छ । याे राेग लागेका पशुकाे मृत्यु दर कम भएपनि ४ देखि ४५ प्रतिशतसम्म गाईवस्तु राेगकाे स‌ंक्रमणमा पर्न सक्ने जाेखिम रहने गरेका विभागले जानकारी दिएकाे छ। लामखुट्टे, झि‌ंगा र किर्नाकाे टाेकाईबाट याे राेग सर्छ।

Treatment-Guidelines-LSD-1687327428

प्रदेश सरकारहरुले खाेप वितरणका लागी बजेट विनियाेजन गरेपनि अझैसम्म अधिका‌ंश भेगमा खाेप खरिद गरी वितरण कार्य हुन सकेकाे छैन । याे राेगकाे महामारीका कारण गाई भै‌ंसी पालन गर्दै आएका किसान गरिबीमा धकेलिने भएका छन् ।अर्काेतर्फ दुग्ध उत्पादनमा आउने गिरावटसँगै दूध र दुग्धजन्य उत्पादन अझै महँगिनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS