SKIP THIS

MLBL
IME Life
Beema Board

यूनियनलाई ‘बाइपास’ गर्दै नेपाल लाईफले विनियमावली स्वीकृतिका लागी पुनः पेश गर्‍याे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डाै‌ं । नेपाल लाईफ इन्स्याेरेन्सले कर्मचारी विनियमावलीकाे मस्याैदामा स‌ंशाेधन गरेर स्वीकृतिका लागी पुनः पेश गरेकाे छ। इन्स्याेरेन्सले कर्मचारी यूनियनसँग छलफल र समन्वय नै नगरी यस पटक पनि विनियमावली स्वीकृतिका लागी नेपाल बीमा प्राधिकरणमा पेश गरेकाे हाे ।

नेपाल लाईफ सञ्चालक समितिले कर्मचारीले उपभाेग गर्दै आएकाे बिदालगायतका सेवा सुविधा कटाैती गर्ने याेजना अनुरुप एकपक्षीयरुपमा विनियमावली स‌ंशाेधन गरेर २०७९ चैत्र २९ गते स्वीकृतिका लागी प्राधिकरण समक्ष पेश गरेकाे थियाे । नियामकीय स्वीकृतिका लागी पेश गरेकाे स‌ंशाेधित विनियमावलीमा कर्मचारी यूनियनले आपत्ती जनाएपछि प्राधिकरणले खाईपाई आएकाे सुविधा नघट्ने गरी विनियमावलीका प्रस्तावित प्रावधान संशाेधन गरी पुनः पेश गर्न गत असार २१ गते निर्देशन जारी गरेकाे थियाे ।

Prabhu
Crest

नेपाल लाईफले प्राधिकरण समक्ष दाेश्राे पटक पेश गरेकाे स‌ंशाेधित विनियमावलीमा  १५ दिने अनिवार्य वार्षिक बिदा कटाैती गरेर सात दिनमा सीमित गरिएकाे छ। बिदाकाे समयावधि कटाैती गरेपनि कर्मचारीकाे विराेध थेग्नका लागी १५ दिनकै तलबभत्ता बराबरकाे रकम बिदा खर्च उपलब्ध गराउने प्रावधान राखिएकाे छ। यसैगरी किरिया बिदालाई कटाैती गरी १५ दिनबाट १३ दिनमा झारिएकाेमा पुनः १५ दिन नै कायम गरिएकाे छ।

कर्मचारी यूनियनले कर्मचारीहरुले खाईपाई आएकाे सुविधा कटाैती हुने गरी विनियमावली कार्यान्वयनमा ल्याए श्रम ऐन २०७४ अन्तर्गतकाे अधिकारकाे स‌ंरक्षणका लागी कानूनी उपचार खाेज्ने चेतावनी समेत दिएकाे छ।

सञ्चालक समितिले यसअघि पेश गरेकाे स‌ंशाेधित नियमावलीमा शाखा प्रमुखका लागि मासिक ३० लिटर र उप शाखा प्रमुखले २० लिटर पाउँदै आएको इन्धन सुविधालाई कटाैती गरेर  प्रमुखका लागि २० लिटर र उप शाखा प्रमुखको लागि १५ लिटर कायम गरिएको थियाे । त्यसैगरी कर्मचारीले ५ वर्षको लागि गाडी सुविधा पाउने व्यवस्थालाई दुई वर्ष थपेर ७ वर्ष पुर्याइएको थियाे । सहुलियत ब्याज दर समेत ६.७५ प्रतिशतबाट ८ प्रतिशत बढाइएको थियाे।

श्रम ऐन विपरित नेपाल लाईफको कर्मचारी नियमावली संशोधन, किरिया बस्नेलाई १३ दिन मात्रै बिदा

साथै नियमावलीमा कुनै कर्मचारीको सेवा अवधि ३० वर्ष वा उमेर ५८ वर्ष पुरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था गरिदिएको थियाे ।

कर्मचारीको संचित बिदाको व्यवस्थामा बिरामी बिदा ९० दिन र घर बिदा ६० दिन गरी जम्मा १५० दिन संचित रहने व्यवस्थालाई संशोधन गरी बिरामी बिदा ४५ दिन र घर बिदा ९० दिन गरी जम्मा १३५ दिन कायम गरिएको थियाे ।

नेपाल लाइफलाई कर्मचारीले खाइपाइ आएको सुविधा नघट्ने गरी विनियमावली संशोधन गर्न प्राधिकरणको निर्देशन

स्थायी सेवा अवधि एक वर्ष भन्दा बढी तीन महिना बराबर, स्थायी सेवा अवधि २ वर्ष भन्दा बढी एक वर्ष बराबर, स्थायी सेवा अवधि ३ वर्ष भन्दा बढी २ वर्ष बराबरको व्यवस्थालाई संशोधन गरी कर्मचारी तलबी कर्जा प्रकृया झन्झटिलो बनाउनुका साथै थप कर्जा लिन नपाइने बनाइएको थियाे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

19%

खुसी

19%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS