IME Life

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे साढे ४० अर्बमाथि बीमाशुल्क, शिखर पहिलो हुँदा नेशनल अन्तिम

SPIL
NIC ASIA

काठमाडौं । गत आर्थिक वर्ष २०८९/ ८० को असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ४० अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेको छन् । यी कम्पनीहरुले आर्थिक वर्ष २०७९/ ८० को असार मसान्तसम्ममा २८ लाख १६ हजार २२४ वटा बीमा पोलिसीहरु विक्री गरी ४० अर्ब ५७ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

मर्जरमा गएका कम्पनीहरुले आफ्नो व्यवसायलाई मजबुद बनाउँदै आएको तथ्याङकले देखाएको छ । व्यवसायमा दास्रो वा तेस्रो स्थान ओगट्दै आएको नेको इन्स्योरेन्स यस अवधिसम्मको तथ्याङक हेर्दा सातौं स्थानमा रहेको छ ।

Prabhu
Crest

कम्पनीहरुबाट प्राप्त तथ्याङक अनुसार सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ५ अर्ब ५२ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ४ अर्ब ५५ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ३५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्सले २ अर्ब ९२ करोड २४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ३७ करोड रुपैयाँ, सानिमा जिआइसीले २ अर्ब ३२ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ६५ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ५८ करोड, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ५२ करोड र नेशनल इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

4%

दु :खी

21%

अचम्मित

4%

उत्साहित

4%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS