IME Life
Beema Board

शेयर बजारमा ८.४८ अंकको सुधार, कारोबार रकम साढे तीन अर्ब नाघ्यो

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्षको पहिलो दिन ४७ अंकले बढेको नेप्से सूचक आज भने ८.४८ अंकले मात्रै बढेको छ । सूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने ३ अर्ब ५१ करोड नाघेको छ । हिजोको सुधारले हौसिएका लगानीकर्ताहरुले सुरुवाति अवस्थादेखि नै शेयर खरिद गर्न सुरु गरेका थिए ।

राष्ट्र बैंकले आगामी साता मौद्रिक नीति सार्वजनिक गर्दै छ । आज ८७ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ११९ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । बिपिडब्ली र युनाइटेड अजोडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
Crest

बाणिज्य बैंकको शेयरमा सुधार देखिए पनि विकास बैंक, फाइनान्स, होटल, हाइड्रोपावर, इन्भेष्टमेन्ट र म्युचुअल फण्डको सूचकमा भने गिरावट देखिएको छ । दोस्रो बजारमा राम्रो सँग बैंकको मात्रै शेयर मूल्य बढ्न बाँकी छ । तर सप्लाइ धेरै हुने भएकाले बाणिज्य बैंकको शेयर मूल्य अझै पनि तल्लो विन्दुमै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS