IME Life

महाबचत बजार अभियानको लागि दराजसँग कृषि विकास बैंकको सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । कृषि विकास बैंकले अनलाइन ईकमर्स प्लेटफर्म दराज नेपालले महाबचत बजार अभियानको लागि विभिन्न प्रकारका छुट सेवाहरू उपलब्ध गराउन दराज नेपालसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत, प्रताप सुबेदी र दराजका हेड अफ पेमेन्ट,अरुण फुयाँलले हस्ताक्षर गरेका थिए ।

दराज अनलाईन प्लेटफर्ममा ग्राहकहरुका लागि उपभोग्य सामाग्री जस्तै खाद्य सामाग्री, मसलाजन्य, ईलेक्ट्रिकल लगायत त्यसमा उपलब्ध सम्पूर्ण सामानहरु खरिदमा कृषि विकास बैंकको कार्ड प्रयोग गर्दा ग्राहकले उल्लेख्य छुट पाउनेछन् ।

Prabhu
Crest

सम्झौता बमोजिम महाबचत बजार अभियानमा ग्राहकहरूले अब प्रिपेमेन्टमा १० प्रतिशत अधिकतम १००० रूपैयाँ बराबरको छुट पाउन सक्नेछन् । त्यसैगरी, दराजबाट खरिद गर्दा उनिहरुले अब १५ प्रतिशत अधिकतम १५०० रूपैयाँको पनि छुट पाउनेछन्।

ग्राहकहरूले तोकिएको छुटहरुको लाभ लिनको लागि आफ्नो बैंक कार्डमा ई कम सेवा सकृय गर्नुपर्नेछ । कृषि विकास बैंक र दराजबीच भएको यस सम्झौताले दुबै पक्षका ग्राहकहरूलाई महाबचत बजारमा छुटको भरपुर लाभ लिन सहज बनाउँछ।

तोकिएको प्रिपेमेन्ट छुटहरु महाबचत बजारको लाइभ पिरियड २० देखि ३० जुलाईमा मात्रै उपलब्ध हुनेछ । तसर्थ, ग्राहकहरूलाई उनीहरूको बैंक कार्डहरूमा ईकम सक्रिय गर्न आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS