IME Life
Beema Board

आर्थिक वर्ष २०७९/८० मा नेप्से सूचक ८६ अंकले बढ्यो, २८२ अंकको बाउन्स व्याकले लगानीकर्तालाई राहात

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० आज सकिदैछ । यस आर्थिकको अन्तिम कारोबार दिनसम्ममा नेप्से सूचक ८६ अंकले सुधार देखिएको छ । यस वर्ष लगानीकर्ताहरुले अवसर र चुनौती दुबैको सामना गर्नु पर्यो । यसै वर्ष नेप्से सूचक पछिल्लो वियरिस बजारको सर्वाधिक तल्लो विन्दु १८१५ अंकसम्म झर्यो ।

यो अवधि लगानीकर्ताका लागि सबैभन्दा सकसपुर्ण रह्यो । शेयर बजारमा लगातार गिरावट हुने क्रममा लगानीकर्ताको पोर्टफेलियो खर्बौ रुपैयाँले घट्यो । बजार तल झरेकै कारण कतिपय लगानीकर्ताले अनाहकमा ज्यान समेत गुमाए । चरम आर्थिक मन्दी त्यसमा पनि शेयर बजारको तल्लो विन्दुले व्यवसायीहरुले तनाव झेल्नु पर्यो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको पहिलो चरणमा भदौ, असोज र कार्तिक महिना बजार सबैभन्दा तल्लो विन्दुमा रह्यो । यस अवधिमा नेप्से सूचक १८१५ अंकसम्म झर्यो । चुनावको दौरानमा मंसिर, पुस र माघ महिनामा बजारले गति लियो । छोटो समयमै शेयर बजारमा ३९६ अंकको सुधार देखियो । यस सँगै शेयर बजारमा रौनक भित्रिएको थियो । विगत साढे दुई वर्षदेखि सुस्ताएको शेयर बजार चुनावको समयमा अनपेक्षित रुपमा बढ्यो ।

चुनावको परिणाम सँगै पुन शेयर बजार तल झर्यो । गत चैत बैशाखमा बजार तल झर्ने क्रममा १८१८ अंकसम्म तल झर्यो । यसबाट पनि बजार माथि उठ्ने क्रममा २१८६ अंकसम्म सुधार भयो । एक वर्षको अवधिमै दुई वटा अल्पकालिन बुल र वियरिस मार्केटलाई लगानीकर्ताले अनुभव गर्न पाए ।

पछिल्लो अल्पकालिन बुलमा होटल समुहले तहल्का पिट्यो । होटल समुहमा लगानी गर्नेहरुले ठुलो नाफा बुक गरे । पहिलो अल्पकालिन बुलको कारण चुनाव थियो भने दोस्रो अल्पकालिन बुलको कारण प्रर्याप्त बैंकिङ तरलता । बैंकहरुमा अहिले खर्बौ रुपैयाँ तरलता थुप्रिएर बसेको छ । बैंकहरुले शेयर बजारमा लगानीकर्तालाई बोलाइ बोलाइ शेयरधितो कर्जा प्रवाह गर्दै आइरहेका छन् ।

यहि साउन पहिलो साता राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै छ । मौद्रिक नीतिले शेयर बजारलाई कसरी संबोधन गर्छ भन्ने कुरामा लगानीकर्ताको संशय छ । यदि गभर्नर अधिकारीले शेयर बजारलाई निरुत्साहित पार्न खोजे भने बजार पुन तल झर्ने भन्दै लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । यदि मौद्रिक नीति लगानीकर्ता मैत्री आउन सक्यो भने शेयर बजारले २४ सय अंक भन्दा माथि क्रस गर्ने विश्लेषकहरु बताउछन् ।

यस आर्थिक वर्षको अन्तिम नेप्से सूचक १२.१६ अंकले सुधार भएको छ । सूचक ०.५८ प्रतिशतले बढेर २०९७.०९ अंकमा रोकिएको छ । कारोबार रकम भने २ अर्ब ३७ करोड रुपैयाँको भएको छ । आज ९३ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ११७ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा ठुलो टेवा बाणिज्य बैंकहरुले दिएका छन् । बाणिज्य बैंकको सूचब १.३३ प्रतिशतले बढ्यो । फाइनान्स, होटल, हाइड्रो र बीमाको सूचकमा भने गिरावट देखिएको छ । यिनै सूचकमा गएका दिनमा उछाल आएको थियो । अहिले यि नै कम्पनीको शेयर बिक्री गरेर लगानीकर्ताले अन्य पोर्टफेलियोमा लगानी परिवर्तन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS