IME Life
Beema Board

बीमा प्राधिकरणको मर्जरको डिस्कोर्स सकियो, एक वर्षमा १० वटा मर्जर सफल हुँदा ११ कम्पनीको विलय

SPIL
NIC ASIA

काठमाडौं । आजदेखि प्रभु लाइफ र महालक्ष्मी लाइफले एकिकृत कारोबार शुभारम्भ गरेसँगै नेपाल बीमा प्राधिकरणको मर्जरको डिस्कोर्स पुरा भएको छ । विगत एक वर्षको दौरानमा बीमा प्राधिकरणको यस अभियानमा २१ वटा बीमा कम्पनीकाे सहभागीतामा १० वटा मर्जर सम्पन्न भएका छन् । १० वटा कम्पनी मर्जर हुँदा ११ वटा कम्पनी विलय भए ।

प्राधिकरणले २०७८ चैतमा जीवन बीमा कम्पनीहरुका लागि न्युनतम चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि साढे दुई अर्ब निर्धारण गरेको थियो । तर प्राधिकरणले हकप्रद शेयर निष्काशनमा प्रतिवन्ध लगायो ।

Prabhu
Crest

‍यसले गर्दा २१ वटा कम्पनी मर्जरमा सहभागी भए । बजारमा कम्पनी धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै चर्को आलोचना हुँदै आएको छ । अझै पनि बजारमा कम्पनीको संख्या धेरै रहेको विज्ञहरु बताउछन् । मर्जर पश्चात १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनी, २ वटा पुनर्बीमा कम्पनी र ७ वटा लघु बीमा कम्पनी हुनेछन् । लाइसेन्स पाएका सात वटै लघु बीमा कम्पनीले व्यवसाय शुभारम्भ भने गरिसकेका छैनन् ।

यस अवधिमा प्राधिकरणले हदैसम्मको लचकता अपनायो । मर्जरका लागि पेश भएका फाइललाई फास्ट ट्र्याकमा दुई दिनमै स्वीकृति दिनेसम्मका काम भए । अहिलेसम्म भएका मर्जरमा खासै ठुलो समस्या देखिएको छैन । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कर्मचारी तथा सफ्टवेयरमा समस्या देखिएको छ ।

नेपाल बीमा प्राधिकरण साउनदेखि कम्पनीहरुलाई मर्जरका लागि दवाव दिने पक्षमा छैन । बीमा प्राधिकरणका एक अधिकारीले भने, ‘अहिलेसम्म जति मर्जर भयो भयो अव प्राधिकरण फोर्स गर्ने पक्षमा छैन ।’

मर्जर गर्न नसकेको प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न दिने या नदिने भन्ने विषयमा भने प्राधिकणका अधिकारी अन्योलमा छन् । मर्जर भाडिएर स्पष्टिकरण सोध्दा दुबै कम्पनीले हकप्रद निष्काशन नगरी पूँजी जुटाउने बाचा गरेका थिए । यस क्रममा प्रभु इन्स्योरेन्सले विदेशी रणनीतिक साझेदार भित्र्याउने र नेपाल इन्स्योरेन्स कम्पनीले सम्पत्ती बिक्री गरेर बोनस शेयर मार्फत पूँजी जुटाउने प्रस्ताव गरेको थियो ।

प्रभुले अहिलेसम्म पनि रणनीतिक साझेदार भित्र्याउने अत्तो पत्तो छैन । अर्को तर्फ नेपाल इन्स्योरेन्स कम्पनीले हालसम्मको अवस्थामा जग्गा बिक्री गरेर ३० करोड रुपैयाँ मात्रै आर्जन गर्न सक्ने देखिन्छ । अव जग्गा बिक्री गरेर अर्बौ रुपैया पैसा जुटाउला भन्न सकिदैन ।

मर्जर नगरी बसेका नेकोले बोनस शेयर मार्फत पूँजी जुटाउने भन्दै आइरहेको छ । एनएलजीलाई हकप्रद शेयर निष्काशन गर्न प्राधिकरणले अनुमति नै दिइसकेको छ ।

एक वर्षको अवधिमा मर्जर सम्पन्न भएका कम्पनी

१. २०७९ साउन एक गते : हिमालयन र एभरेष्ट मिलेर हिमालयन एभरेष्ट

२. २०७९ कार्तिक ७ गते : सानिमा र जिआइसी मिलेर सानिमा जिआईसी

३. २०७९ पुस ७ गते : सूर्या र ज्योति मिलेर सुर्यज्योति

४. २०७९ फागुन १७ गते : सिद्धार्थ र प्रिमियर मिलेर सिद्धार्थ प्रिमियर

५. २०७९ फागुन २९ गते : सगरमाथा र लुम्बिनी मिलेर सगरमाथा लुम्बिनी

६. २०७९ चैत ९ गते : सानिमा र रिलायन्स मिलेर सानिमा रिलायन्स

७. २०८० बैशाख २६ गते : गुराँस, प्राइम र यूनियन मिलेर हिमालयन लाइफ

८. २०८० बैशाख २७ गते : आईएमई जनरल र प्रुडेन्सियल मिलेर आइजीआई प्रुडेन्सियल

९. २०८० जेठ १४ गते : युनाइटेड र अजोड इन्स्योरेन्स मिलेर युनाइटेड अजोड

१०. २०८० असार २९ गते : प्रभु लाइफ र महालक्ष्मी लाइफ मिलेर प्रभु महालक्ष्मी लाइफ

मर्जरको यो अभियान यही टुङ्गिएको प्राधिकरणको भनाइ छ । साउन एक गतेदेखि जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिका कार्यान्वयन हुने भएकाले न्युनतम चुक्ता पूँजी नजुटाउने कम्पनीलाई उनिहरुले सक्नेभन्दा धेरै व्यवसाय गर्न नदिने पक्षमा प्राधिकरण रहेको छ ।

जोखिममा आधारित पूँजी कायम गर्न कुनै कम्पनीले हकप्रद शेयर निष्काशन गर्छु भन्छ भने उसलाई अनुमति दिने तयारीमा प्राधिकरण छ । त्यस्तै मर्जर गरेर पनि न्युनतम पूँजी जुटाउन नसकेका कम्पनीले हकप्रद शेयर निष्काशन गर्दैछन् । यहि असार मसान्तभित्रमा कम्पनीहरुले आर्जन गर्न सक्ने मुनाफालाई आकलन गरेर मात्रै हकप्रद शेयर निष्काशनको अनुमति दिने पक्षमा प्राधिकरण छ । यस्तो अवस्थामा कम्पनीले न्युनतम पूँजी जुटाउने अवधि आगामी माघसम्म बढाउन सक्ने सम्भावना छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

14%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

29%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS