IME Life
Beema Board

बरूण हाइड्रोपावरको विशेष साधारण सभा र बुक क्लोज मिति तय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बरूण हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १४ गते विशेष साधारण सभा गर्ने भएको छ । असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले शतप्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्नेछ ।

असार १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिको उक्त निर्णयलाई कम्पनीले विशेष साधारण सभामार्फत स्वीकृति प्रदान गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रहेको छ ।

Prabhu
Crest

सभाका लागि कम्पनीको ठेगाना परिवर्तन गर्न र पूँजी बृद्धि गर्न प्रबन्ध पत्र, तथा नियमावलीमा आवश्यक संशोधनको प्रस्ताव समेत तय गरिएको छ । प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तिायारी समेत सभामार्फत दिने कार्यक्रम रहेको छ ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा साउन ४ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

1689159977172

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS