IME Life
Beema Board

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज दुई हाइड्रोपावर कम्पनीको आइपीओ सूचिकृत भएको छ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको २८ लाख कित्ता र मोदी इनर्जीको २ करोड ९० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचिकृत भएको हो ।

रावा इनर्जीको आइपीओलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ८३ रुपैयाँ १० पैसा देखि २४९ रुपैयाँ ३० पैसा ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्यको आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलिबाट कारोबारमा आउनेछ ।

Prabhu
Crest

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूमा निष्कासन गरेको ८ लाख ४० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीले लगानी गरेको १९ लाख ६० हजार गरेर कुल २८ लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

कम्पनीको स्टक सिम्बोल आरएडब्लुए (रावा) रहेको छ । त्यस्तै कम्पनीले सूचिकरणपश्चात दिनुपर्ने आरटीएस सेवा काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडबाट हुने जनाएको छ ।

त्यस्तै मोदी इनर्जीको आइपीओलाई नेप्सेले पहिलो कारोबारको ९२ रुपैयाँ ५७ पैसादेखि २७७ रुपैयाँ ७१ पैसा मूल्य रेञ्ज प्रदान गरेको छ । यही मूल्यको आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलिबाट कारोबारमा आउनेछ ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूमा निष्कासन गरेको ७२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीले लगानी गरेको २ करोड १७ लाख ५० हजार गरेर कुल २ करोड ९० लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

कम्पनीको स्टक सिम्बोल एमईएल रहेको छ । त्यस्तै कमपनीले सूचिकरणपश्चात दिनुपर्ने आरटीएस सेवा काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेडबाट हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS