IME Life
Beema Board

बीमा कम्पनीप्रति प्राधिकरणको न्यायोचित निर्णय, एनएलजी इन्स्योरेन्सलाई हकप्रद निष्काशनको स्वीकृती

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीलाई बीमा प्राधिकरणले हकप्रद शेयर निष्काशनको लागि स्वीकृति प्रदान गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको हालको शेयर संरचना तत्कालीन बीमा समितिको निर्देशन अनुसार नै भएको र सो परिवर्तन भएमा विगतमा नियमनकारी निकायबाट प्राप्त निर्देशनहरु विपरित हुन जाने समेत देखिएकाले कम्पनीको पूँजी योजना अनुसार हकप्रद शेयर जारी गर्न प्राधिकरणले स्वीकृति प्रदान गरेको हो ।

कम्पनीलाई ६६ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि स्वीकृती प्रदान गरिएको बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले इन्स्योरेन्स खबरलाई जानकारी दिए ।

Prabhu
Crest

एनएलजी इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी एक अर्ब ४५ करोड रुपैयाँ रहेको छ । बीमा प्राधिकरणले निर्धारण गरेको चुक्ता पूँजी पुर्याउनलाई ७१.३२ प्रतिशत पूँजी अपुग छ ।  कम्पनीले हकप्रद शेयर निष्काशन गरेर नपुग रकम बोनस शेयरबाट साढे दुई अर्ब जुटाउने योजना बनाएको छ ।

सकेसम्म बीमा कम्पनीहरुलाई बोनश,मर्जर, रणनीति साझेदार र सम्पत्ती विक्री गरेर तोकिएको पूँजी जुटाउनुपर्ने जनाउँदै आएकोमा प्राधिकरण हकप्रद निष्काशनमा लचिलो बनेको हो । अब प्राधिकरणको यो निर्णयसँगै कम्पनीहरुले हकप्रद जारी गरेर पनि चुक्ता पूँजी जुटाउन सक्नेछन् । तर यस अघि प्राधिकरणले साउन महिनापछि मात्रै कम्पनीहरुलाई हकप्रद निष्काशनको लागि अनुमति दिने भन्दै जित कसेपनि साउन अगाबै हकप्रदको लागि खुकुलो नीति लिएको छ । प्राधिकरणको यस्तो निर्णय बीमा कम्पनीहरुको लागि न्यायोचित देखिन्छ ।

८ निर्जीवन बीमा कम्पनीले बोनस र हकप्रद मार्फत पूँजी जुटाउदै, कुन कम्पनीको कति (सूचिसहित)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

11%

दु :खी

6%

अचम्मित

11%

उत्साहित

6%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS