IME Life

माइक्रोफाइनान्समा चरम समस्या, इक्रा नेपालले एकै पटक १२ वटाको घटायो रेटिङ

SPIL
NIC ASIA

काठमाडौं । लघुवित्त वित्तीय संस्थामा चरम समस्या देखिन थालेको छ । कर्जा असुली नहुनेदेखि लिएर धेरै वटा सूचक नकारात्मक देखिए पछि इक्रा नेपालले एकै पटक १२ वटा लघुवित्त वित्तीय संस्थाको रेटिङ घटाएको छ ।

इक्रा नेपालले एकै पटक समता घरेलु, मनकामना स्मार्ट लघुवित्त, विपिडब्ली लघुवित्त, खप्तड लघुवित्त, राष्ट्र उत्थान, जाल्पा सामुदायिक, नयाँ सारथी लघुवित्त, उन्नती सहकार्य, अभियान लघुवित्त, उपकार लघुवित्त र जीवन विकास लघुवित्तको रेटिङ पहिलाको भन्दा घटेको हो ।

Prabhu
Crest

इक्रा नेपालले समय समयमा पुनः रेटिङ तथा पुनः मूल्याङ्कन गर्ने गरेको छ । यसै क्रममा सम्बन्धित लघुवित्त वित्तीय संस्थाको रेटिङ घटेको हो । लघुवित्त वित्तीय संस्थाहरुको खुद व्याज मार्जिनमा दवाव परेको भन्दै इक्राले रेटिङ घटाइदिएको हो ।

लघुवित्त वित्तीय संस्थाको बरोइङ खर्च पनि ह्वात्तै बढेको एजेन्सीले जनाएको छ । लघुवित्त वित्तीय संस्थाले अन्य बाणिज्य बैंक, विकास बैंकहरुबाट बरोइङ गर्ने गरेका छन् । बाणिज्य बैंकहरुले प्राथमिकताका क्षेत्रमा कर्जा प्रवाह गर्न नसक्दा लघुवित्त वित्तीय संस्थाहरु मार्फत प्रवाह गर्दछन् । यसले गर्दा लघुवित्त वित्तीय संस्थाले बाणिज्य बैंकहरु मार्फत बरोइङ गरेर प्राथमिकता प्रधान क्षेत्रमा कर्जा प्रवाह गर्छन् ।

केहि वर्षदेखि बैंकिङ प्रणालीमा चरम तरलता अभाव हुँदा कर्जा र निक्षेपको व्याजदर ह्वात्तै बढ्यो । अर्को तर्फ राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको कर्जा प्रवाहको व्याजदरमा क्याप लगाइदियो । एकातिर राष्ट्र बैंकले क्याप लगाउने अर्को तर्फ चरलता अभावको समस्याले बरोइङ चार्ज बढे पछि लघुवित्तको मार्जरमा भारि गिरावट आयो । यहि कारणले रेटिङ घटेको राष्ट्र बैंकले जनाएको छ ।

अर्थतन्त्रमा चरम मन्दि देखिदा आर्थिक क्रियाकलापमा सुस्तता आएको छ । आर्थिक गतिविधि कम हुने वित्तीकै लघुवित्तको व्यवसाय पनि संकटमा परेको छ । विद्यमान ऋणीले समयमा कर्जाको सावा र व्याज भुक्तानी गर्न नसक्ने अर्को तर्फ नयाँ कर्जा प्रवाह गर्न सक्ने अवस्था छैन । यहि कारणले लघुवित्त वित्तीय संस्थाको वित्तीय अवस्थामा समस्या देखिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

26%

खुसी

48%

दु :खी

17%

अचम्मित

4%

उत्साहित

4%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS