IME Life

खप्तड लघुवित्तलाई गाभ्न धौलागिरीलाई स्वीकृति, यस्ता छन् कम्पनी रजिष्ट्रारका सर्त

SPIL
NIC ASIA

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले खप्तड लघुवित्त वित्तीय संस्थालाई गाभ्नका लागि धौलागिरी लघुवित्त वित्तीय संस्थालाई स्वीकृति दिएको छ । कम्पनी रजिष्ट्रारले असार ११ गते खप्तड लघुवित्त वित्तीय संस्थाको सम्पुर्ण सम्पत्ती र दायित्व सकार्ने गरी स्वीकृति प्रदान गरेको हो ।

कम्पनी रजिष्ट्राले स्वीकृति सँगै ६ वटा शर्तहरु पालना गर्नु पर्ने उल्लेख गरेको छ । गाभिए पछि कम्पनीको पूँजी संरचना मिलाइ पेश गर्नु पर्नेछ । कम्पनी गाभिए पछि कम्पनीको नियमावली बमोजिम कायम हुने सञ्चालक लगत पेश गर्नु पर्नेछ । गाभिने कम्पनीको जारी शेयर प्रमाणपत्र गाभ्ने कम्पनीमा रुपान्तरण गर्ने र सो को जानकारी कम्पनी रजिष्ट्रारलाई गराउनु पर्नेछ । कम्पनी गाभिएको सार्वजनिक सूचना राष्ट्रिय स्तरको क वर्गको दैनिक पत्रिकामा प्रकाशन गरी सोको जानकारी ३० दिन भित्र दिनु पर्नेछ ।

Prabhu
Crest

गाभिएपछि गाभिने कम्पनीको ऋण धन दायित्व सम्पुर्ण गाभ्ने कम्पनीले ब्यहोर्नु पर्नेछ । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेका शर्तहरु पुरा गरेर समेत जानकारी गराउनु पर्नेछ । मर्जर पछि चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।

1687836468119

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS