IME Life
Beema Board

काठमाडौं महानगरमा तपाइको सम्पत्ती कति छ ? मूल्याङ्कन अनुसार यसरी तिर्नु पर्नेछ कर

SPIL
NIC ASIA

काठमाडौं । काठमाडौं महानगर पालिकाले सम्पत्तीको मूल्याङ्कन अनुसार कर निर्धारण गरेको छ । आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट सार्वजनिक सँगै मेयर बालेन्द्र शाह(बालेन) ले पेस गरेको आर्थिक विधेयक अनुसार एक करोडसम्मको सम्पत्ती हुने एक हजार रुपैयाँ कर भुक्तानी गर्नु पर्नेछ ।

विधेयकअनुसार महानगरले पहिलो सुरुको १ करोड रुपैयाँसम्मको मूल्य रहेको सम्पत्तिको दर ०.०१० प्रतिशत तोकेको छ । उक्त सम्पत्तिको १ हजार रुपैयाँ कर तोकेको छ । त्यसपछिको १ करोडमा २ करोडसम्मको सम्पत्ति भएमा ०.०१५ प्रतिशतमा १५ सय थप भई २५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

Prabhu
Crest

महानगरले १ करोडमा ३ करोडसम्मको सम्पत्ति भएमा ०.०२० प्रतिशतमा २ हजार थप गरी ४५ सय रुपैयाँ कर निर्धारण गरेको छ । ४ करोडसम्मको सम्पत्ति भएका मानिसले ०.०४० प्रतिशतमा ४ हजार थप गरी ८ हजार ५ सय रुपैयाँ, ५ करोडसम्मको सम्पत्ति भएकाले ०.०६० प्रतिशतमा ६ हजार थप गरी १४ हजार ५ सय रुपैयाँ र ६ करोडसम्मको सम्पत्ति भएकाले ०.१०० प्रतिशतको आधारमा १० हजार थप गरी २४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

साथै, महानगरले ८ करोडसम्मको सम्पत्तिमा ०.३०० प्रतिशतमा ६० हजार कर थप भई ८४ हजार ५ सय रुपैयाँ र १० करोड रुपैयाँसम्मको सम्पत्तिमा ०.४५० प्रतिशतमा ९० हजार रुपैयाँ थप गरी १ लाख ७४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ । यद्यपी १० करोडभन्दा माथिको सम्पत्तीमा ०.६०० प्रतिशत कर थप हुने उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS