IME Life
Beema Board

अरुण कावेलीको बोनस शेयर ७ महिना वित्दा पनि सूचिकृत भएन, ‘हकप्रदका कारण अल्झियौं’

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अरुण कावेलीको बोनस शेयर साधारणसभाले पारित गरेको ७ महिना वितिसक्दा पनि दोस्रो बजारमा सूचिकृत हुन सकेको छैन । कम्पनीले गएको कार्तिक ३० गते सम्पन्न भएको बार्ह्रौ वार्षिक साधारणसभाबाट १० प्रतिशत बोनस शेयर पारित गरेको थियो । दुई तीन महिनामा सूचिकृत हुने कामलाई अझै पनि कम्पनीले टुङ्गोमा पुर्याउन सकेको छैन ।

कम्पनीको हकप्रद शेयर निष्काशन प्रकृयाँमा ढिलाइ हुँदा बोनस शेयर सूचिकरणमा पनि ढिलाइ भएको कम्पनीका थानेश्वर भट्टराइले जानकारी दिए । उनले भने ‘हकप्रद शेयर निष्काशनमा ढिलाइ हुँदा बोनस शेयर सूचिकरणमा ढिलाइ भएको हो । यहि साता हामीले बोर्डबाट हकप्रद शेयर निष्काशनको स्वीकृति पाउदै छौ । त्यस लगत्तै बोनस शेयर पनि सूचिकृत हुन्छ ।’

Prabhu
Crest

कम्पनीले हकप्रद शेयर निष्काशनमा ढिलाइ हुँदा बोनस शेयर सूचिकरणमा ढिलाइ गरेको हो । कम्पनीले एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । धितोपत्र बोर्डले स्वीकृति दिने वित्तीकै बुक क्लोज घोषणा हुने र बोनस शेयर पनि सँग सँगै सूचिकृत गर्ने कम्पनीको योजना छ ।

कम्पनीले साधारणसभाबाट बोनस शेयर जारी गर्नु भन्दा अगाडीको पूँजीमा सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । त्यसैले प्रस्तुत बोनस शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन पाउने छैनन् । बोनस शेयर पाउने शेयरधनीहरुलाई पनि हकप्रद शेयर निष्काशन गर्न दिदा पुन साधारणसभाबाट पारित गर्नु पर्ने भएकाले सकेसम्म सूचिकरण नै ढिलाइ गर्ने भन्दै अरुण काबेलीले योजना बनाएको थियो । तर बोनस शेयरका लागि शेयर खरिद गर्नेले अहिलेसम्म पनि शेयर खातामा नआउदा ठुलो नोक्सानी चुकाउनु परिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS