IME Life

नेप्सेमा ईङ्वा हाइड्रोपावरको आइपीओ सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA

काठमाडौं । आज सोमवार नेपाल स्टक एक्सचेन्जमा ईङ्वा हाइड्रोपावर कम्पनीको आइपीओ सूचिकृत भएको छ । कम्पनीको कुल ६० लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो । अव यस शेयर भोलि मंगलवारबाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल आईएचएल रहेको छ ।

कम्पनीले सर्वसाधारण शेयरधनी,वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष,स्थानिय बासिन्दाहरु र कर्मचारीहरुलाई निष्कासन गरेको कुल १८ लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख गरी कुल ६० लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

Prabhu
Crest

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ९७ रुपैयाँ २९ पैसादेखि २९१ रुपैयाँ ८७ पैसा ओपन रेञ्ज तोकेको छ । यहि ओपन रेञ्जको आधारमा मंगलवार देखि कम्पनीको शेयर कारोबार हुनेछ । साथै कम्पनीले शेयर सूचिकरण पश्चात दिनुपर्ने आरटिएस सेवा ईङ्वा हाइड्रोपावर लिमिटेड थापाथलि काठमाडौंबाट हुने जनाएको छ ।

1687155929880

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS