IME Life

पिपुल्स हाइड्रोपावरको १५औं वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले १५ औँ वार्षिक साधारण सभा आज असार ४ गते हुँदैछ । कम्पनी सञ्चालक समितिको जेठ १३ गते बसेको बैठकले वार्षिक साधारणसभा काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहान १० बजेबाट शुरु हुने जनाएको छ ।

सभाले बैंक तथा वित्तीय संस्थाबाट कम्पनीको चुक्तापुँजीभन्दा बढी ऋण लिने विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीको अधिकृत पुँजी वृद्धिका लागि प्रबन्धपत्रको दफा ६ (क) संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

Prabhu
Crest

त्यस्तै सभाले कम्पनीमा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि सभाले गर्नेछ । सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ २५ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा जेठ २४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS