Connect IPS
IME Life

बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, किन बढिरहेको छ बीमा कम्पनीहरुको शेयर मूल्य ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यस पटकको बुलमा होटल तथा पर्यटन पछि सर्वाधिक धेरै बीमा कम्पनीहरुको साथ देखिएको छ । यस भन्दा अगाडीको बुलमा बीमा कम्पनीको शेयर मूल्यमा खासै उछाल आउन सकेन । बीमा प्राधिकरणले लामो समयदेखि बीमा कम्पनीहरुको हकप्रद शेयरमा रोक लगाउदै आएको थियो ।

पूँजी बृद्धि योजना जारी गर्दा पनि हकप्रद शेयर निष्काशनमा बन्देज लगाइयो । यसले गर्दा बीमा कम्पनीका शेयरमा लगानीकर्ताहरुको आकर्षण थिएन । प्राधिकरणले गएको चैत मसान्त भित्र जीवन बीमा कम्पनीहरुलाई न्युनतम ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई साढे २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिइएको थियो ।

Prabhu
Crest

यस अवधिमा जीवन तर्फ तीन वटा र निर्जीवन तर्फ चार वटाले मात्रै पूँजी जुटाएका छन् । बीमा प्राधिकरणले मर्जरका लागि दिएको दवाव लगभग अन्त्य भएको छ । अहिलेसम्म मर्जर प्रकृयाँमा नगएका कम्पनीलाई मर्जरमा जान बाध्य बनाउने प्राधिकरणको रणनीति छैन ।

मर्जरमा गएका कम्पनीहरुलाई पनि हकप्रद निष्काशन गर्नै पर्ने बाध्यता छ । एलआइसी नेपालले भारतबाट हकप्रद बापतको पैसा ल्याइसकेको छ । प्राधिकरणको अन्तिम स्वीकृति कुरेर बसिरहेको छ । साउन पछि प्राधिकरण हकप्रद निष्काशनको बाटो खुला गर्ने पक्षमा छ ।

यसले गर्दा पनि पछिल्ला दिनमा बीमा कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएका हुन् । सक्नेले बोनस शेयर दिने र नसक्नेले हकप्रद शेयर निष्काशन गर्ने पक्का छ । अव प्राधिकरणले थप मर्जर गराउन सक्ने देखिदैन । त्यसमा पनि जोखिममा आधारित पूँजीमा जानु पर्ने बाध्यता कम्पनीहरु सँग छ । यदि जोखिममा आधारित पूँजी सम्बन्धी व्यवस्था कार्यान्वयन भयो भने केहि कम्पनीहरुले बाध्यात्मक रुपमा हकप्रद शेयर निष्काशन गर्नै पर्ने हुन्छ । अवका दिनमा प्राधिकरणले चाहेर पनि हकप्रद शेयर निष्काशनमा रोक लगाउन सक्दैन ।

नेपालको शेयर बजारमा बोनस शेयर दिने चर्चाले भन्दा हकप्रद निष्काशन गर्ने चार्चाले बढि प्राथमिकता पाउछ । यसै क्रममा आज सर्वाधिक धेरै नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सुधार देखियो । नेपाल इन्स्योरेन्स कम्पनीले जग्गा बिक्री गरेर बोनस शेयर दिएरै साढे दुई अर्ब जुटाउने योजना सार्वजनिक गरिसकेको छ । यसका आधारमा कम्पनीले ६७ प्रतिशत भन्दा धेरै बोनस शेयर दिनु पर्छ ।

आज प्रभु लाइफको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीले महालक्ष्मी लाइफ सँग मर्जर गर्दैछ । मर्जर पछि कम्पनीले ९० लाख कित्ता एफपिओ जारी गर्दैछ । एफिओ जारी गर्ने समाचारले पनि आज शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा पनि आज सर्किट लागेको छ । कम्पनीले बीमा प्राधिकरण सँग साढे दुई अर्ब जुटाउन ५० प्रतिशत भन्दा माथि हकप्रदको प्रस्ताव गरेको छ । कम्पनीलाई ७० प्रतिशत भन्दा धेरै पूँजी अपुग छ । यसले गर्दा कम्पनीले राम्रै बोनस शेयर र हकप्रद शेयर निष्काशन गर्ने देखिन्छ । आइजिआइसी प्रुडेन्सियलको शेयर मूल्यमा पनि सर्किट लागेको छ । तर यस कम्पनीको शेयर पूँजी पुगिसकेको छ । बजार बढ्दा कम्पनीको शेयर मूल्य पनि सँग सँगै बढेको देखिन्छ ।

प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा पनि सर्किट लागेको छ । यस कम्पनीलाई पनि ८१ प्रतिशत पूँजी आवस्यक छ । बीमा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा नेपाल लाइफको शेयर मूल्यमा समेत उछाल आएको छ । जवकी कम्पनीको पूँजी ८ अर्ब भन्दा माथि छ । यदि एफपिओ बापतको कर तिर्नु पर्यो भने यस वर्ष लाभांश पनि दिन सक्दैन ।

नेशलन लाइफको शेयर मूल्यमा पनि ६ प्रतिशत भन्दा धेरैले सुधार आएको छ । हकप्रद शेयर निष्काशन गर्ने पक्का भएको लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य गएका दिनमा पनि उच्च दरमै थियो । यसले गर्दा आज खासै बढ्न सकेन । आज ९७ रुपैयाँले बढेर १६१९ रुपैयाँ कायम भएको छ । नेपाल पुनर्बीमा कम्पनीका शेयरधनीले बजार बढ्दा केहि राहात पाएका छन् । कम्पनीको शेयर मूल्य ४७ रुपैयाँले बढेर ८१२ रुपैयाँ कायम भएको छ ।

हेर्नुहोस् कुन कम्पनीलाई कति आवस्यक पर्दैछ बोनस तथा हकप्रद

निर्जीवन बीमा कम्पनीको क्यापिटल प्लान

यो पनि पढ्नुहोस्

८ निर्जीवन बीमा कम्पनीले बोनस र हकप्रद मार्फत पूँजी जुटाउदै, कुन कम्पनीको कति (सूचिसहित)

जीवन बीमा कम्पनीलाई पूँजी जुटाउन सकस, ११ कम्पनीले बोनस शेयर र हकप्रद जारी गर्नु पर्ने

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS