IME Life

समीट लघुवित्तको साधारण सभा आज हुँदै, मर्जर र लाभांशको प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा आज हुँदैछ । जेठ १३ गतेको सञ्चालक समितिको बैठकले अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमा विहान १०ः३० बजे गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लाभांश प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले यस वर्ष हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले यस वर्ष ७ करोड ५ लाख २६ हजार बराबरको लाभांश वितरण गर्ने छ ।

Prabhu
Crest

यस वर्षको बोनश शेयरपछि कायम हुने शेयरपूँजीको संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यस कम्पनीले मर्जरपछि कायम हुने शेयर स्वामित्वमा सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात न्यूनतम ३० प्रतिशतभन्दा कम हुने हुँदा कम्पनीले एफपीओ जारी गर्ने भएको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनछेन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS