IME Life

दोभान हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा सानिमा क्यापिटल

SPIL
NIC ASIA

काठमाडौं । दोभान हाइड्रोपावर लिमिटेडले आइपीअ‍ो निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ७६ करोडको ३० प्रतिशतले हुन आउने रकम बराबरको आइपीओ विक्री गर्ने भएको हो । कम्पनीले १०० अंकित दरका कुल २२ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्नेछ ।

उक्त आइपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारी गरिरहेका नेपाली, सर्वसाधारण तथा कम्पनीमा कार्यरत कामदार र कर्मचारीलाई जारी गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

आइपीओ निष्काशन गर्नका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई आइपीओ निष्काशन तथा विक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक पुरन्जन राईले हस्ताक्षर गरेका छन् ।

कम्पनीले सोलुखुम्बुमा ५.२ मेगावाट क्षमताको जुनवेशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सोही आयोजनामा आइपीओबाट प्राप्त रकम लगानी गरिने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS