IME Life

अप्पर स्याङ्गे हाईड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा जेठ १ गतेदेखि १९ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ १ गतेदेखि १६ गतेसम्म आइपीओ विक्री गरेको थियो ।

कम्पनीले जारी पूँजी २२ करोडको १० प्रतिशत अर्थात २ करोड २० लाख बराबरको प्रतिशेयर १ सय रपैयाँ दरका २ लाख २० हजार कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि विक्री गरेको थियो ।

Prabhu
Crest

वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने दोस्रो चरणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने ६५ लाख बराबरको ६५ हजार कित्ता आइपीओ विक्री गरिएको थियो । दुबै समूहका रितपूर्वक आवेदन दिने आवेदकहरूमा सम्पूर्ण कित्ता आइपीओ जेठ ३० गते बाँडफाँड गरिएको हो ।

पहिलो चरणको आइपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्नेछ । कम्पनीको आइपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS