IME Life

रिडी पावरले हकप्रद शेयर पारित गर्न असार ८ गते विशेष साधारण सभा गर्दै

SPIL
NIC ASIA

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले असार ८ गते विशेष साधारण सभा आब्हान गरेको छ । जेठ २२ गतेको सञ्चालक समितिको बैठकले इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा विहान ११ बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको सहायक कम्पनीमार्फत निर्माण गर्न लागिएको १० मेगावाट क्षमताको तल्लो बलेफि जलविद्युत आयोजनाका लागि आवश्यक स्वपूँजी लगानीका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

Prabhu
Crest

कम्पनीले १ कित्ता बराबर शून्य दशमलव ५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशनको लागि सभामार्फत स्वीकृति प्रदान गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रहेको छ ।

हकप्रद शेयर निष्काशनपछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी, र चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

कम्पनीलाई हकप्रद शेयर निष्काशनका लागि विद्युत नियमन आयोगले बैशाख ३ गते अनुमति प्रदान गरिसकेको छ । कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भोलि जेठ ३२ गते बुक क्लोज गर्दैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS