IME Life

रावा इनर्जीको आइपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ७ जनाले पाए ११ कित्ता

SPIL
NIC ASIA

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओ बाँडफाँ सम्पन्न भएको छ । उक्त आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटलले बाँडफाँड गरेको हो ।क्यापिटलका अनुसार आइपीओमा कुल ११ लाख ८५ हजार २ सय ६ जनाको आवेदन परेको थियो । जसमध्ये १० लाख ७७ हजार ७ सय ४० जनाको आवेदन मात्र योग्य भएको छ । यस हिसाबमा १ लाख ७ हजार ४ सय ४६ जनाको आवेदन अयोग्य भएको छ ।

आइपीओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँड गरिएको छ । जसअनुसार ६४ हजार ३ सय ६६ जनाले शेयर पाएका छन् । यीमध्ये भाग्यमानी ७ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर हात पारेका छन् ।

Prabhu
Crest

कम्पनीले जेठ १८ देखि जेठ २२ गतेसम्म सर्वसाधारणलाई ६ लाख ९६ हजार ३ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये कम्पनीका कर्मचारीलाई १५ हजार ४७ कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३७ हजार ६ सय १६ कित्ता शेयर छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ४३ हजार ६ सय ६७ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई केयरएनपी डबलबी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले समयमै वित्तीय दायित्व भुक्तानी सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको जनाउँदछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS