IME Life
Beema Board

शेयर बजारमा फर्कियो रौनक, ३२ अंकको सुधार सहित ४ अर्ब १२ करोडको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारमा धेरै लामो समयदेखि हराएको रौनक फर्किएको छ । सुनसान ब्रोकर कार्यालय भरिन थालेका छन् । बजारमा शेयर बजारको चहलपहल बढेको छ । चहलपहल सँगै कारोबार रकम पनि बढिरहेको छ ।

पूँजीगत लाभकरका विषयमा रहेको विवादलाई अर्थमन्त्रीले निराकरण गरे पछि बढ्न सुरु भएको थियो । यसरी बजारमा लगातार सुधार हुँदा लगानीकर्ताहरु उत्साहित भएका छन् । यस पटक होटल तथा बीमा कम्पनीको शेयरमा उछाल आएको छ । होटल समुहका कम्पनीहरुमा दिन दिनै सर्किट लागिरहेको छ । लामो समयदेखि सुस्ताएको पर्यटन व्यवसायमा सुधार हुन थाले सँगै होटल समुहका कम्पनीहरुको शेयर मूल्यमा उछाल आएको हो ।

Prabhu
Crest

होटल सँगै बीमा कम्पनीको शेयर मूल्यमा पनि क्रमिक सुधार भइरहेको छ । क्यापिटल प्लान सकिए सँगै नेपाल बीमा प्राधिकरणले साउन पछि बीमा कम्पनीहरुलाई नपुग पूँजी जुटाउन हकप्रद शेयर निष्काशन गर्न दिने चर्चाले पनि बीमा कम्पनीको शेयर मूल्यमा उछाल आएको हो । हकप्रद निष्काशन गर्ने सम्भावना भएका कम्पनीको शेयर मूल्यमा सुधार भइरहेको छ ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए सँगै बैंकहरु शेयरधितो कर्जामा झुम्मिएका छन् । बैंकहरुले लगानीकर्ताहरुलाई बोलाइ बोलाइ शेयरधितो कर्जा प्रवाह गरिरहेका छन् । शेयर बजारमा प्राविधिक विश्लेषकहरुले अहिलेको बढाइ २२ सय भन्दा माथिसम्म पुग्ने आकलन गरेका छन् । प्राविधिक विश्लेषकहरुले नै शेयर बजार २२ सय अंक भन्दा माथि जाने भने सँगै आम लगानीकर्ताहरु हौसिएका हुन् ।

मंगलबार नेप्से सूचक ३४.१७ अंकले बढेर २०२०.६४ अंक कायम भएको छ । कारोबार रकम पनि ४ अर्ब १२ करोड रुपैयाँ नाघेको छ । १९६ वटा कम्पनीको शेयर मूल्य बढ्दा २२ वटाको भने घटेको छ । तीन कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सर्किट लागेको छ । सर्वाधिक धेरै उत्पादन तथा प्रशोधनमुलक कम्पनीहरुको सूचकमा सुधार देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS