Connect IPS
IME Life
Beema Board

आगामी बजेटमा धितोपत्र बोर्डबाट शेयर बजार सुधारका लागि के-के गयो सुझाव ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी आर्थिक वर्षको बजेटका लागि अर्थ मन्त्रालयलाई विभिन्न सुझाव पठाएको छ।

धितोपत्र बजारलाई आधुनिक, प्रतिस्पर्धी एवं अन्तर्राष्ट्रिय प्रणाली तथा प्रविधिअनुरुप सुविधासम्पन्न बनाई धितोपत्रको कारोबारलाई थप वृद्धि गरिने सुझाव धितोपत्र बोर्डले दिएको छ। यसले धितोपत्र बजारका लगानीकर्ताको लगानी सुरक्षा प्रदान गर्न निजी क्षेत्रको लगानीसहितको धितोपत्रको दोस्रो बजार सञ्चालक कम्पनी र केन्द्रीय निक्षेप सेवा प्रदायक कम्पनीको संरचनात्मक सुधार गरिने सुझावमा उल्लेख छ।

Prabhu
Crest

गैरआवासीय नेपालीलाई दोस्रो बजार खुला गर्ने तथा बजारमा संस्थागत संलग्नता बढाई पुँजी बजारको स्थायित्व अभिवृद्धि गर्ने तथा वस्तु विनिमय बजारलाई सञ्चालनमा ल्याइने सुझाव दिइएको छ। लगानीकर्तालाई लगानीको समयसीमाका आधारमा अल्पकालीन र दीर्घकालीन लगानीमा लाग्ने पुँजीगत लाभकरको दरमा आवश्यक संशोधन गरी दीर्घकालीन लगानीलाई प्रोत्साहित गरिने धितोपत्र बोर्डको सुझाव छ। धितोपत्र बोर्डमा दर्ता भई सञ्चालनमा आउने विशिष्टीकृत लगानी कोषको प्रवर्द्धन गर्न सोको आयमा दोहोर कर नलाग्ने व्यवस्था मिलाइने सुझाव पनि दिइएको छ।

यसैगरी विशिष्टीकृत लगानी कोषमार्फत नेपालमा विदेशी लगानी सहज गर्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा आवश्यक संशोधन गरिने सुझावमा उल्लेख छ। ऋणपत्रको ब्याज आम्दानीमा लाग्ने करलाई लाभग्राहीले धारण गरेको अवधि र सो अवधिको आर्जित ब्याज आम्दानीका आधारमा गणना गर्ने तथा त्यसरी गणना गरी आउने रकमलाई पछि ब्याज प्राप्त भएपछि समायोजन गर्न पाउने गरी खरिदबिक्री गर्दा उक्त मूल्यमा समायोजन गर्नुपर्ने सुझाव धितोपत्र बोर्डले दिएको छ ।

मर्जर तथा प्राप्तिमा संलग्न संस्थाका सेयरधनीले मर्जर तथा प्राप्तिपूर्व खरिद गरिएका शेयर मर्जर तथा प्राप्ति सम्पन्न भएको दुई वर्षभित्र बिक्री गर्दा पुँजीगत लाभकर नलाग्ने व्यवस्था गर्न पनि धितोपत्र बोर्डले सुझाव दिएको छ। समग्र अर्थतन्त्रको विकास र विस्तारमा पुँजीबजारको भूमिकालाई मध्यनजर गर्दै आधुनिक, प्रविधिमैत्री एवं अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुरुप प्रभावकारी रुपमा नियमन तथा सुपरिवेक्षण कार्य सञ्चालन गर्न संस्थागत रुपमा सुदृढ नियमन व्यवस्था गर्न धितोपत्र बोर्डको कार्यालय भवन निर्माणका लागि पहल गरिने पनि सुझावमा उल्लेख छ ।

सुझावमा नेपालको पुँजी बजारमा दक्ष तथा अनुभवी र ठूलो परिमाणमा लगानी गर्न सक्ने लगानीकर्ताको प्रवेश गराई बजारको गतिशीलता तथा स्थायित्व अभिवृद्धि गर्न स्वदेशी संस्थागत लगानीकर्ताको संलग्नता बढाउनुका साथै गैरआवासीय नेपालीलाई धितोपत्र बजारको दोस्रो बजार खुला गर्न विद्यमान कानुनी व्यवस्थामा संशोधनलगायत आवश्यक थप व्यवस्था गर्नुपर्ने उल्लेछ। ‘पुँजीबजार विकासका लागि आवश्यक कानुनी व्यवस्था तयार गरी पुँजीबजार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिनेछ’, सुझावमा भनिएको छ, ‘पुँजी बजारको दीर्घकालीन विकास गर्न स्पष्ट नीतिगत, कानुनी तथा प्रक्रियागत व्यवस्था, नियमन तथा सञ्चालनको संस्थागत व्यवस्थामा सुधार, कर व्यवस्थालाई विवेकपूर्ण बनाई बजारको पहुँच तथा समावेशिता अभिवृद्धि गरिनेछ।’

नियमन, सञ्चालन, सुपरिवेक्षण, अनुसन्धान तथा कानुन प्रवलीकरणको प्रभावकारिता अभिवृद्धि गरी बजारलाई स्वच्छ, पारदर्शी एवं विश्वसनीय बनाई अर्थतन्त्रमा दीर्घकालीन पुँजी परिचालनको प्रभावकारिता बढाइने धितोपत्र बोर्डले उल्लेख गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS