IME Life

मध्य भोटेकोशीले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा, यस्ता छन् ५ प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले एकैसाथ १०औं र ११औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले उक्त सभा असार २० गते बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गर्ने बताएको छ । कम्पनीको जेठ ८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनको प्रस्तुति र सो को स्वीकृति गर्नेछ । सभाले लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०८९ साल आषाढ मसान्तको वित्तीय विवरणहरू (वासलात, आय विवरण तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू) उपर छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

सभाले कम्पनीको सञ्चालक समितिको मिति २०७९/०५/०७ मा बसेको २७९ औं बैठकको निर्णयानुसार कम्पनी ऐन, २०६३ को दफा ११३ मा भएको व्यवस्था अनुरुप कम्पनी रजिष्ट्रारको कार्यालयमा अनुरोध गरिएकोमा उक्त कार्यालयको मिति २०७९/०५/१४ को स्वीकृति अनुसार लेखापरीक्षक श्री एचके एसडि एसोसियट्स, चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ को लागि मूल्य अभिवृद्धि करबाहेक एक लाख अठहत्तर हजार लेखापरीक्षण शुल्क निर्धारण गरी लेखापरीक्षक नियुक्त गरिएकोले सोको अनुमोदन गर्नेछ ।

साथै आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, विभिन्न संघ संस्थाहरुलाई आर्थिक सहायता दिइएको रकम अनुमोदन गर्ने र सञ्चालक समिति सदस्यको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असार ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

56%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS