IME Life
Beema Board

कर्णाली प्रदेशको सुर्खेतमा नागरिक लगानी कोषको पाचौं शाखा विस्तार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सुर्खेतमा नागरिक लगानी कोषको कार्यालय विस्तार भएको छ । वीरेन्द्रनगर ८ खजुरामा स्थापना भएको कार्यालयको कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका हुन् । उद्धघाटन समारोहमा कोषका अध्यक्ष प्रा.डा. सूर्य बहादुर थापा र कार्यकारी निर्देशक रमण नेपाल सहभागि थिए ।

आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी पुँजी वृद्धिका साथ साथै लगानीका अवसरहरु बढाउन तथा पुँजी बजारको विकासमा गतिशीलता ल्याउने प्रमुख उद्देश्य सुर्खेतमा पनि कार्यालय स्थापना गरिएको छ ।

Prabhu
Crest

उद्देश्य प्राप्तीका लागि कोषले सर्वसाधारण, विभिन्न संगठीत सङ्घ–संस्थामा कार्यरत कर्मचारी, कामदार तथा संगठीत सङ्घ–संस्थाहरूबाट समेत विभिन्न कार्यक्रम अन्तर्गत बचत सङ्कलन गरी त्यसरी संकलित बचत रकमलाई दक्ष र व्यावसायिक ढंगबाट लगानी प्रबन्ध गर्ने लक्ष्य राखिएको छ । सुर्खेतमा कार्यालय स्थापना भएसँगै कर्णालीका सबै नागरिकहरूमा सेवा प्रवाह गरिने बताइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS