IME Life

आँखुखोला जलविद्युतले डाक्यो साधारण सभा, हकप्रद सहित यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले असार २२ गते १५औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा नयाँ बानेश्वर स्थित अर्पण ब्यांक्वेटमा गर्ने भएको हो । कम्पनीको जेठ २६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले अध्यक्षको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आगामी आर्थिक वर्ष २०७९ /८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निधारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले श्री गणेश हिमाल हाइड्रोपावरले आफूले प्रवर्द्धन गर्न लागेको २० मे.वा. क्षमताको आँखुखोला २ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्न सञ्चालक समितिले गरेको सम्झौता अनुमोदन गर्ने, श्री गणेश हिमाल हाइड्रोपावरले आफूले प्रवर्द्धन गर्न लागेको २० मे.वा. क्षमताको आँखुखोला २ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्न र बैक ऋण भुक्तानीको लागि यस कम्पनीले १ः१.५ को हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले हकप्रद शेयर निष्काशनको लागि कम्पनीको पूँजीगत संरचनामा वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

1686308317088

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS