IME Life
Beema Board

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यवसायिक सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंक र केएफसी आउटलेट बीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । केएफस आउटलेट दिव्यानी इन्टरनेशनल नेपाल प्रालिबाट सञ्चालित रहेको छ । जस अन्तर्गत केएफस, क्रिमबेल र पिज्जा हट आउटलेटहरु सञ्चालनमा छन् ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले दिव्यानी इन्टरनेशनल नेपाल प्रा।लि मा आवद्ध भएका केएफस, क्रिमबेल र पिज्जा हट आउटलेट मार्फत खानाका परिकारहरु अर्डर गर्दा बैंकको विभिन्न डिजिटल माध्यम क्युआर वा पीएसओ मार्फत डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्दा दैनिक पहिलो कारोबारमा १० प्रतिशत सम्मको क्यासब्याक पाउन सक्नेछन् ।

Prabhu
Crest

बैंकले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकको सुविधाका लागि उक्त क्यासब्याक योजना जेष्ठ २५ देखि असार २६ गतेसम्म प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS