IME Life
Beema Board

महालक्ष्मी लाइफका सिइओ भट्टराईको वार्षिक तलब सुविधा ७५ लाख ४४ हजार, अन्य पदाधिकारिको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा तलब भत्ता सुविधा बापत ७५ लाख ४४ हजार रुपैयाँ बुझेका छन् । भट्टराईले यस भन्दा अघिल्लो आर्थिक वर्षमा ७५ लाख ५२ हजार रुपैयाँ बुझेका थिए । गएको वर्षको भन्दा यस वर्ष तलब तथा अलाउन्सेल घटेको छ । यस भन्दा अगाडीको वर्षमा नियम अनुसार कर्मचारी बोनस बापत ३ लाख ७० हजार बुझेका थिए । तर उनले आर्थिक वर्ष २०७७/७८ मा मुनाफा घटेका कारण बोनस पाउन सकेनन् । यस वर्ष कम्पनीले उनको जीवन बीमा बापत तीन लाख ८८ हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गरिदिएको छ ।

त्यस्तै नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले ४७ लाख २८ हजार रुपैयाँ प्राप्त गर्दा अर्का नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले ४५ लाख ४७ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

Prabhu
Crest

कम्पनीको अध्यक्ष मनोरञ्जन रमण शर्माले बैठक भत्ता तथा अन्य सुविधा बापत जम्मा ५१ हजार रुपैयाँ मात्रै प्राप्त गरेका छन् । अर्का सञ्चालक महन राज जोशी र सुरेश सापकोटाले ४०/४० हजार रुपैयाँ बुझेका छन् ।

कम्पनीले आज ५ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाले प्रभु लाइफ सँगको मर्जरको अन्तिम स्वीकृति लिदैछ । साधारणसभाबाट मर्जर प्रकृयाँ टुङ्गिने वित्तीकै कम्पनीले असार अन्तिम सातामा एकिकृत कारोबार गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS