IME Life
Beema Board

मेट लाइफको बीमा शुल्क भुक्तानी डिजिटल स्ट्यान्डिङ इन्स्ट्रक्शनबाट गर्न सकिने 

SPIL
NIC ASIA
Sanima Reliance
काठमाडौं । मेट लाइफ नेपाल बीमा कम्पनीले नेपाल क्लियरिङ हाउस लिमिटेड सँगको सहकार्यमा स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग सहकार्य गरी बीमाशुल्क भुक्तानीका लागि डिजिटल स्ट्यान्डिङ इन्स्ट्रक्शन (ई–मान्डेट) सुविधा सक्षम पार्ने गरी साझेदारी गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडको राष्ट्रिय भुक्तानी इन्टरफेस  प्रणाली द्वारा यो सुविधा मेटलाइफ नेपालले नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रचलनमा ल्याएको हो ।
यस व्यवस्थासँगै, मेटलाइफ नेपालका ग्राहकहरूले आफ्ना बीमाशुल्क भुक्तानीहरूको लागि सक्षम गरिएको डिजिटल स्थायी निर्देशनमा आधारित ई–म्यान्डेट सुविधाको सदस्यता लिएर झन्झटमुक्त तरिकाले आफ्नो बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । यस सुविधाको सदस्यता अन्तर्गत ग्राहकहरुले बीमाशुल्क भुक्तानीको निर्धारित मितिमा आफ्नो बैंक खाताबाट रकम प्रत्यक्ष भुक्तानी गर्न अनुमति दिनसक्नेछन् । मेटलाइफ नेपालको पोर्टलमा लगइन गरेपछि, ग्राहकले आवश्यक अनिवार्य जानकारी (भुक्तानी अन्तराल र रकम) समावेश गराई, दर्ता भएपछि, सुविधाको प्रक्रिया पुरा हुनेछ ।
ई–म्यान्डेट आधारित भुक्तानीहरूले नियमित वा आवर्ती÷आवधिक प्रकृतिको भुक्तानीहरूलाई प्राथमिकता दिनेछ । ग्राहकहरूले यो सुविधाको सदस्यता लिन सक्छन् र निश्चित मितिहरूमा त्यस्ता भुक्तानीहरू डिजिटल रूपमा गरिन्छ भन्ने कुरामा विश्वस्त हुन सक्छन् । एक पटक यस सुविधाको सदस्यता लिएपछि ग्राहकहरुले निरन्तर रुपमा यसको फाइदा लिन सक्नेछन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिर्वण घोष दस्तीदारले भने, “मेटलाइफ, नेपाल क्लियरिङ हाउस र स्ट्यान्डर्ड चार्टर्ड बैंक बीचको सहकार्यको यो उत्कृष्ट उदाहरण हो। हामी विश्वस्त छौं कि यो विकास र प्रवृत्तिले बीमा र बैंकिङ उद्योगको लागि बीमाशुल्क सङ्कलन प्रक्रियालाई परिवर्तन गर्नेछ ।“

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS