IME Life
Beema Board

एशियन इन्स्योरेन्स मिट २०२३ सुरु, पहिलो चरणमा २५ देशका नियामकहरु विच छलफल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आजदेखि होटल याक एण्ड यतिमा ‘एशियन इन्स्योरेन्स मिट २०२३’ सुरु भएको छ । आज पहिलो दिन नेपाल लगायत भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, कम्बोडिया, इण्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, चीन (मकाओ), जोर्डन र मलेसिया लगायतका देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरूको सहभागिता रहेको छ ।

नियामकहरु विच नियमनका विषयमा बृहत छलफल भइरहेको छ । कार्यक्रममा विभिन्न देशका नियामकीय प्रतिनिधिहरुले आ-आफ्नो प्रस्तुतिकरण दिइरहेका छन् ।

Prabhu
Crest

नियामक निकायहरूका काम कारवाही, नयाँ नयाँ जोखिमहरूको व्यवस्थापनका लागि बीमा कम्पनीहरूलाई तयारी अवस्थामा राख्न नियामक निकायहरूले निर्वाह गर्दै आएको भूमिका, नियामक निकायहरूबीचको सम्बन्ध सुदृढीकरण, बीमा व्यवसायको स्वच्छ विकासका लागि नियामक निकायहरूबीचको आपसी सहयोग एवम् साझेदारी अभिवृद्धि, बीमा क्षेत्रलाई सबल, नवीन सोच र जवाफदेही किसिमले अघि बढाउने लगायत विषयमा छलफल भइरहेको छ ।

सम्मेलनमा जलवायु परिवर्तन, महामारी लगायतका कारण बीमा क्षेत्रमा देखिएका जोखिम, जोखिम न्यूनीकरणका अन्तर्राष्ट्रिय अभ्यास, जोखिम न्युनीकरण सम्बन्धी आपसी अनुभव, जोखिम न्यूनिकरणका लागि क्षमता अभिबृद्धि र बीमा क्षेत्रको भावी गन्तव्य लगायतका विषयमा प्रस्तुतिकरण एवंम छलफल हुने कार्यक्रम रहेको छ ।

विश्वमा नविनतम विकास सँग सँगै बीमा क्षेत्रमा देखापरेका नयाँ नयाँ जोखिमहरुको पहिचान, जोखिम न्यूनिकरणका लागि प्राविधिक क्षमताको विकास र बीमा क्षेत्रको दिगो विकासका लागि आपसी सहयोग एवं साझेदारी अभिबृद्धि गर्ने उद्देश्यले सम्मेनलन आयोजना गरिएको बीमा प्राधिकरणले जनाएको छ ।

सम्मेलनको मूल्य विषय ‘Building Resilience of Insurance towards Emerging Risk’ रहेको छ । सम्मेलनको आयोजनामा International Association of Insurance Supervisors (IAIS), Asian Development Bank (ADB) र Access to Insurance Initiative (A2ii) को सहयोग रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS