IME Life
Beema Board

सिमित मान्छेको लक्ष्य अनुसार बजार चल्दा समस्या भयो : अर्थमन्त्री महत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सिमित लगानीकर्ताले कमाउने र आफ्नो लक्ष्य अनुसार बजार चलाउन खोज्दा समस्या भएको बताएका छन् । सरकारले साना लगानीकर्तालाई करको दायरामा जोड्न खोजेको आरोप लगाएर ठुला लगानीकर्ताले चलखेल गरेको उनको आरोप छ । उनले भने ‘५६ लाख लगानीकर्ताको नाम लिएर सीमित व्यक्तिले लाभ लिइरहेका छन् ।’

साना लगानीकर्ता ठुला लगानीकर्ताको भरमा पर्दा अहिलेको समस्या आएको उनको तर्क छ । सामाजिक सञ्जाल मार्फत भ्रमपुर्ण सूचना प्रवाह गरेर गलत प्रचार गरेको उनको दाबी छ । अझै पनि बजारमा सिमित मान्छेहरु हाबी हुन खोजेको उनको आरोप छ । उनले शेयर बजार तथा बस्तु तथा विनिमय बजारलाई व्यवस्थित गर्न धितोपत्र बोर्डलाई सुझाव दिएका छन् ।

Prabhu
Crest

नेपाल धितोपत्र बोर्डको ३१ औ वार्षिकोत्सवलाई संबोधन गर्दै अर्थमन्त्री महतले शेयर बजार आम लगानीकर्ताको आय आर्जन गर्ने माध्यम भएको भन्दै उद्योगी व्यवसायी पनि यस क्षेत्रमा आउने क्रम बढेको दाबी गरेका छन् । बजारलाई स्वस्थ बनाउन उनले बोर्डलाई अनुगमन कार्य बढाउन अग्रह समेत गरेका छन् ।

संबोधनका क्रममा महतले शेयर बजारलाई कमजोड बनाउने नीति आफुले नलिने प्रष्ट पारेका छन् । लगानीकर्ताको रकम सुरक्षित गर्न धितोपत्र बोर्डलाई निर्देशन समेत दिएका छन् । धितोपत्र बोर्डको आफ्नै भवन नभएकोमा चिन्ता व्यक्त गर्दै भवनका लागि आफुले पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS