IME Life
Beema Board

एलआईसी नेपालले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ६४ रुपैयाँ पाउँदा कुन योजनामा कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एलआइसी नेपालले आर्थिक वर्ष २०७७/२०७८ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक स्थितीको लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएको बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० जेठ १९ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम ३९ रुपैयाँदेखि ६४ रुपैयाँसम्म घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७६/२०७७ को तुलनामा कम्पनीको बोनसदर घटेको छ । गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीले प्रतिहजार न्युनतम ४५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर दिएको थियो भने यस वर्ष कम्पनीले न्युनतम ३९ रुपैयाँदेखि ६४ रुपैयाँसम्म दिने घोषणा गरेसँगै गिरावट आएको हो ।

Prabhu
Crest

सावाधिक जीवन बीमा (३३३,३५२, ३५७ योजना
सावाधिक जीवन बीमा (३३३,३५२, ३५७ योजनामा प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनश दिने भएको छ । यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५१ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,२५ देखि माथि अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको १ लाख ९९ हजार ६१६ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ५२ रुपैयाँ बोनस पाउनेछन् ।

रुपान्तरित सावधिक जीवन बीमा(३४२)
रुपान्तरित सावधिक जीवन बीमा(३४२) योजनामा कम्पनीले प्रति हजार ३९ रुपैयाँदेखि ४९ रुपैयाँसम्म बोनस दिने भएको छ । यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३९ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ३९ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ४१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ४३ रुपैयाँ, २५ देखि माथि अवधिको लागि प्रतिहजार ४९ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको १ लाख ५ हजार ७२५ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ४१ रुपैयाँ बोनस पाउनेछन् ।

बाल सावाधिक(३४९) बीमा योजना
बाल सावाधिक(३४९) बीमा योजनामा कम्पनीले प्रतिहजार ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दिने भएको छ । यस बीमा योजनमा १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,२५ देखि २९ वर्ष अवधिको लागि प्रतिहजार ६३ रुपैयाँ र ३० देखि माथि अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको ४६ हजार ७६३ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ५१ रुपैयाँ बोनस पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा(३५८)
अग्रिम भुक्तानी सावधिक जीवन बीमा(३५८) योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनस दिने भएको छ ।

धन फिर्ता(३३४,३३५,३३६,३३७,३३९,३४३) बीमा योजना
त्यसैगरी धन फिर्ता(३३४,३३५,३३६,३३७,३३९,३४३) बीमा योजनामा कम्पनीले १५ वर्ष अवधिको लागि प्रतिहजार ५६ रुपैयाँ, २० वर्ष अवधिको लागि प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै १५ वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको २० हजार ५ सय ९७ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ५६ रुपैयाँ बोनस पाउनेछन् ।

बाल सावधिक अग्रिम भुक्तानी योजना (३४०,३४१)
यस योजनामा कम्पनीले १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५५ रुपैयाँ,१६ देखि २० वर्ष अवधिको लागि प्रति हजार प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ । यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै १६ देखि २० वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको १८ हजार ३४६ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ५७ रुपैयाँ बोनस पाउनेछन् ।

आजीवन बीमा योजना (३४५,३६०)
यस योजनामा कम्पनीले १० वर्ष अवधिको लागि प्रतिहजार ५२ रुपैयाँ, १५ वर्ष अवधिको लागि ५३ रुपैयाँ, २० वर्ष अवधिको लागि प्रतिहजार ६२ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ । यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै २० वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको २१ हजार १०५ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस पाउनेछन् ।

एकल बीमा शुल्क भुक्तानी योजना (३५९)
यस योजनामा कम्पनीले न्युनतम प्रतिहजार ४१ रुपैयाँदेखि ६३ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । यस बीमा योजनामा ५ देखि ९ वर्ष अवधिको लागि प्रति हजार ४१ रुपैयाँ,१० वर्षदेखि १४ वर्ष अवधिको बीमा योजनामा प्रतिहजार ४९ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५७ रुपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ६३ रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै २५ वर्षदेखि माथिको योजना खरिद भएको छ । यस अवधिको ६८१ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ६३ रुपैयाँ बोनस पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

63%

दु :खी

19%

अचम्मित

6%

उत्साहित

13%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS