काठमाडौं । सनराइज बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैकले संस्थापक समुहको १ लाख २२ हजार ४५ कित्ता शेयर बिक्री गर्ने भएको हो । बैकले यसअघि संस्थापक शेयरधनीहरुका लागि ३५ दिने समय राखेर शेयर बिक्रीमा ल्याएको थियो । तर बैंकले तोको उक्त समयमा आवेदन नपरेपछि अन्य व्यक्ति, कम्पनी र संस्थाका लागि शेयर विक्रीमा ल्याएको हो ।
उक्त शेयरमा ७ दिनभित्र आफूले दिन चाहेको शेयर संख्या खुलाई काठमाडौंको गैह्रीधारास्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्ने जनाएको छ । बिक्रीमा राखिएको उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी शेयर खरिद आवेदन दिनुपर्ने जनाएको छ ।