IME Life

शेयर बजारका लगानीकर्ताको आन्दोलन घोषणा, विहीबार विहान कमलपोखरीमा भेला हुन आह्वान

SPIL
Sanima Reliance

काठमाडौं । शेयर बजारका लगानीकर्ताले आन्दोलन घोषणा गरेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई प्रभावित पार्ने गरि करको व्यवस्थाहरु गरेको भन्दै लगानीकर्ताहरुले विरोध जनाउदै आएका छन् ।

यसै सन्दर्भमा शेयर बजारको विषयमा निरन्तर खवरदारी गर्दै आइरहेका तिलक कोइरालाले आन्दोलन नै घोषणा गरेका छन् । उनले भोलि विहान १० बजे कमलपोखरीमा लगानीकर्ताहरुलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् ।

Crest
Meta Holidays

तिलक कोइराला समुहले भोलि नै आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गर्नेछ । कोइराला शेयर बजारको सुधारको माग गर्दै पटक पटक आमरण अनसन नै बसिसकेका छन् । आजै लगानीकर्ताका संघ संघठनले प्रेश विज्ञप्ती जारी गर्दै आर्थिक विधेयकमा भएको व्यवस्थालाई हटाउने माग सहित आन्दोलनको चेतावनी नै दिइसकेका छन् ।

लगानीकर्ताले अर्थमन्त्रीलाई यस विषयमा बुझाउन खोजे पनि उनले लगानीकर्ताले उल्टै नबुझेको भन्दै आरोप लगाएका छन् । विभिन्न कार्यक्रमहरुमा अर्थमन्त्री महतले केहि लगानीकर्ताहरुले बजार घटाउने नियतका साथ गलत प्रचार गरेको आरोप समेत लगाउन भ्याइसकेका छन् ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

20%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

60%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x