IME Life
Beema Board

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८५ ‘झ’ जारी गर्दैछ । राष्ट्र बैंकले यही जेठ १९ गते पाँचवर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । उक्त ऋणपत्र भोलि जेठ १८ गते बोलकबोलमार्फत बिक्री गरिनेछ । ऋणपत्रमा ईच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् ।

ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र २०८५ जेठ १९ गते परिपक्व हुनेछ । यस ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ ।

Prabhu
Crest

बोलकबोलमा ईच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रूपमा सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरूलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८.५ अर्ब र १.५ अर्ब छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रूपमा ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

3.Suchana-for-web-Upload-1

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS