IME Life

बजेट भाषण अपरान्ह ४ बजे, दोस्रो चरणको आर्थिक सुधारमा केन्द्रित

SPIL
NIC ASIA

काठमाडौं । डा. प्रकाशशरण महतले आज अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य सार्वजनिक गर्ने भएका छन् । महतले यस पटकको बजेट दोस्रो चरणको आर्थिक सुधारलाई प्राथमिकता दिने भएका छन् ।

महतले संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएका हुन् । उनले अर्थतन्त्रलाई पुनर्संरचना गर्ने कार्यक्रमहरु प्रस्तु गर्नेछन् । राजस्व र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई पुनर्संरचनालाई परिवर्तन गर्दै वैदेशिक लगानीलाई प्रोत्साहित गर्दै लगानीका सिमालाई पुनरावलोकन गर्ने चर्चा छ ।

Prabhu
Crest

महतले सरकारी कर्मचारीको तलब यथावत राखी महँगी भत्तालाई निरन्तरता दिने तयारी गरेका छन् । त्यस्तै कर्मचारीहरुको आयकरको सीमालाई यथावत राख्ने चर्चा छ । आर्थिक बृद्धिको लक्ष्यलाई ८ प्रतिशतबाट साढे ६ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । राज्यले उठाउदै आएको सामाजिक सुरक्षाको भारलाई पुनर्संरचना गर्ने महतको तयारी छ ।

बजेटको तयारीका क्रममा अर्थमन्त्री महतको बास रातभर मन्त्रालयमै रह्यो । उनलाई नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले समेत सहयोग गरेका छन् । अर्थ सचिव, राजस्व सचिवदेखि लिएर मन्त्रालयका उच्च स्तरका कर्मचारीहरुले समेत रातभर काम गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS