IME Life

सरकारको लगानीको प्रतिफल एक प्रतिशत मात्रै, ४४ सार्वजनिक संस्थान मध्ये २५ वटा नाफामा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सरकारले लगानी गरेका सार्वजनिक संस्थानबाट एक प्रतिशत मात्रै लाभांश प्राप्त गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारी स्वामित्वमा रहेका ४४ वटा सर्वजनिक संस्थानहरु मध्ये २५ वटाले मात्रै मुनाफा आर्जन गरेका छन् । बाँकी संस्थानहरु नोक्सानमा रहेका छन् । संस्थानहरुको वित्तीय स्थिति सन्तोजनक हुन नसकेको उनको भनाई छ ।

गत असार मसान्तसम्म सरकारको सेयर तथा ऋण लगानी ६ खर्ब १८ अर्ब पुगेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा लगानीको १ प्रतिशत अर्थात ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको जानकारी सदनलाई गराएका छन् ।

Prabhu
Crest

संस्थाहरुको कुल सञ्चालन आय ३६.२ प्रतिशतले बढेर ५ खर्ब ७५ अर्ब पुगेको छ । प्रभावकारी रुपमा सञ्चालन हुन नसकेका र सार्वजनिक क्षेत्रमा राख्न आवश्यक नभएका संस्थाको पहिचान गरि थप पुँजी प्रविधि र सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट सञ्चालन गर्न आवस्यक देखिएको बताए । निजीकरण गरिने र सार्वजनिक संस्थान उद्देश्य अनुसार नभएको वस्तु तथा सेवाको गुणस्तरको नियमित अनुगमन गर्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय आर्थिक परिवेशको असर नेपाली अर्थतन्त्रमा पनि परेको उनको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्य बढेकाले मूल्य बृद्धि भएको र पछिल्ला दिनमा मूल्य घट्दै गइरहेकाले यसरी नै घट्दै गयो भने मूल्य बृद्धि नियन्त्रण हुने उनको अपेक्षा छ । गएको वर्ष आयातमा प्रतिवन्ध लगाउदा अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको उनको भनाइ छ ।

सरकारले निर्माण गरेको कालोपत्र सडकको लम्बाइ ३४ हजार किलोमिटर पुगेको छ । विद्युत उत्पादन २६६६ मेगावट पुगे सँगै आयात गर्नु पर्ने अवस्थाबाट निर्यात गर्ने अवस्थामा आइपुगेको उनको भनाइ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS