काठमाडौं । बाग्मती प्रदेश सरकारले तेलको मूल्यमा आएको घटबढीसँगै प्रदेशभित्र सञ्चालन हुने सवारी साधानमा नयाँ भाडादर कायम भएको छ । प्रदेशले काठमाडौं उपत्यकाभित्र ५.९ प्रतिशतको दरले भाडादर घटाएको छ भने उपत्यकाभन्दा बाहिर चल्ने सार्वजनिक सवारी साधनमा ४.१८ प्रतिशतले घटेको छ ।
प्रदेश सरकारले भाडादर कायम गरेसँगै ५ किलोमिटरको यात्रामा १९ रुपैयाँ भाडा लाग्ने भएको छ । यसअघि २० रुपैयाँको दरले भाडा लाग्ने गथ्र्याे । साथै १० किलोमिटरको बाटोमा २५ रुपैयाँ, १५ किलोमिटरमा ३० रुपैयाँ र २० किलोमिटरमा भने ३३ रुपैयाँ भाडा लाग्ने भएको छ ।
प्रदेश_भित्रका_सार्वजनिक_सवारी_साधनको_भाडा_निर्धारण_समायोजन_सम्बन्धी_सूचना(1)