IME Life

लघुवित्तका ऋणले ५ प्रतिशत व्याज भुक्तानी गरेरै कर्जा पुनरसंरचना र पुनरतालिकीकरण गर्न पाउने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका ऋणीहरुलाई पनि भुक्तानी गर्नु पर्ने व्याज मध्ये न्युनतम ५ प्रतिशत भुक्तानी गरेर कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना गर्न पाउने व्यवस्था गरिदिएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक मौद्रिक समिक्षा गर्ने क्रममा बैंक वित्तीय संस्थाहरुका ऋणीहरुलाई पुनरतालिकीकरण र पुनरसंरचना गर्न पाउने व्यवस्था गरेको छ । लघु वित्त वित्तीय संस्थालाई जारी गरेको एकिकृत निर्देशन २०७९ को संशोधन गर्ने क्रममा यस्तो व्यवस्था थप गरेको हो ।

Prabhu
Crest

लघुवित्त वित्तीय संस्थाले उक्त संस्थाका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा विभिन्न शर्तहरु तोकेर एक पटकको लागि कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८० असार मसान्तभित्र गरिसक्नु पर्नेछ । २०७९ चैत्र मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा १ वर्ष थप हुने गरी पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने राष्ट्र बैकले जनाएको छ । यसरी पुनरतालिकीकरण वा पुनरसंरचना गरिएका कर्जाहरुलाई ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।

कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्नुपर्ने स्पष्ट आधारहरु प्रत्येक कर्जा फाइलमा संलग्न हुनुपर्नेछ । कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्दाको दिनसम्म असुल हुन बाँकी ब्याजको कम्तीमा ५ प्रतिशत ब्याज रकम असुल उपर भएको हुनुपर्नेछ ।

कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पुँजीकरण गरी आम्दानी जनाउन पाइने छैन । उक्त रकमलाई छुट्टै खातामा लेखांकन गरी ब्याज असुल भएपश्चात् मात्र आम्दानीका रुपमा देखाउन सकिनेछ ।

पुनरतालिकीकरण वा पुनरसंरचना गरेवापत ऋणीबाट कुनै पनि प्रकारको शुल्क हर्जाना लिन पाइने छैन । पुनरतालिकीकरण वा पुनरसंरचना गरिएका कर्जाको किस्ता लगातार ६ महिनासम्म नियमित भए पश्चात् मात्र त्यस्ता कर्जालाई असल कर्जामा वर्गीकरण गर्न तथा कर्जा नोक्सानी व्यवस्थामा समायोजन गर्न पाइने छ ।

पुनरतालिकीकरण वा पुनरसंरचना पश्चात् कर्जा नोक्सान व्यवस्थाबाट Write Back हुने अवस्था आएमा Write Back गरिए बराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखांकन गर्नुपर्नेछ । यसरी लेखांकन गरिएको रकमबाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न पाइने छैन । पुनरतालिकीकरण वा पुनरसंरचना गरिएको कर्जा असल बर्गमा बर्गीकरण भएपश्चात् मात्र उपरोक्त खातामा लेखांकन गरिएको रकम सञ्चित मुनाफा हिसाबमा समायोजन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%

खुसी

11%

दु :खी

56%

अचम्मित

22%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS