IME Life

समीट लघुवित्तले डाक्यो चौधौं वार्षिक साधारण सभा, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चौधौं वार्षिक साधारण सभा जेठ ३० गते गर्ने भएको छ । कम्पनीको जेठ ८ गते बसेको सञ्चालक समितीको साधारण सभा अरनिको पार्टी प्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजे शुरु गर्ने जनाएको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै प्रस्तावित १३ दशमलव ५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७२ प्रतिशत नगद लाभांशलाई पनि स्वीकृती प्रदान गर्नेछ ।

Prabhu
Crest

साथै बोनश शेयर वितरणपछि कम्पनीको जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभाले कम्पनीको संस्थापक र सर्वसाधारणको शेयर पुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकबाट समेत निर्देशन भएको हुँदा आर्थिक वर्ष २०७८/७९को बोनस शेयर वितरण पश्चात कायम हुने संस्थापक र सर्वसाधारणको शेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता साधारण शेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्कासन (एफपीओ)को माध्यमबाट शेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

त्यस्तै सभाले समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्सबीच आपसमा मर्जरमा जाने सम्बन्धमा गरिएको समझदारीपत्र, सहमतिपत्र, संयुक्त मर्जर समिति गठन एवं सञ्चालक समितिले संयुक्त मर्जर समितिलाई आवश्यक कार्य गर्न दिएको अख्तियारी प्रत्यायोजन, संयुक्त मर्जर समितिबाट भएका निर्णयहरु र खर्चहरु अनुमोदन गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १८ गते देखि ३० गते सम्म बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा जेठ १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन लाभांश पाउन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS